लोकल सिनेमाद्वारा ६ फिल्मको घोषणा, कथा ७२ मंसिर २८ देखि (ट्रेलर)


Infocus



लोकल सिनेमाले ६ वटा फिल्मसहित कम्पनी सुरुवातको औपचारिक घोषणासँगै आफ्नो पहिलो फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ।

लोकल सिनेमा ब्यानरमा बनेको ‘कथा ७२’ आउँदो मंसिर २८ गतेदेखि देशैभर प्रदर्शन हुने भएको छ।

विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा छनौट भई सहभागी भइसकेको फिल्म ‘कथा ७२’ आउँदो मंसिर २१ देखि सुरु हुने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा नेपाल प्रिमियर हुँदैछ। त्यसलगतै मंसिर २८ देखि नेपाली फिल्म हलहरुमा प्रदर्शन गर्ने तयारी भएको हो। मौलिक कथावस्तुमा चलचित्र निर्माण गर्ने अभियानका साथ लोकल सिनेमाले आफ्नो पहिलो प्रस्तुतिको रुपमा ‘कथा ७२’ प्रदर्शन गर्न लागेको हो।

वि.सं २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको चलचित्र ‘कथा ७२’ लाई प्रवीण स्याङ्बोले लेखन, निर्देशन गरेका हुन्। लोकल सिनेमा प्रा.लिको निर्माण तथा आइसफल प्रोडक्सन र दक्षिण अफ्रिकी कम्पनी बिफ्याट मोटेलको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई ‘सन डान्स् अन्तर्राष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका ह्न्।

प्रदर्शन मिति तय गरेसँगै फिल्मको ट्रेलर य्ट्युवमा पनि सार्वजनिक भएको छ। यसअघि अन्तर्राष्ट्रिय महोत्सवहरु केन्द्रित हुँदै भिमियोमा ट्रेलर सार्वजनिक गरेको थियो। ‘कथा ७२’ को २ मिनेट २६ सेकेन्डको ट्रेलरमा सिन्धुपाल्चोकको प्रशिद्ध उच्च पहाडी क्षेत्र पाँचपोखरी, भोताङ लगायतको क्षेत्रका सुन्दर दृश्यहरु समेटिएका छन्। फिल्ममा मानवीय यात्रामा महाभूकम्पको प्रभावलाई प्रतिकात्मक दृश्यमा देख्न सकिन्छ।

यस फिल्म डर्वन इन्टरनेशनल फिल्म फेस्टिभल–दक्षिण अफ्रिका, सिकागो इन्टरनेशनल फिल्म फेस्टिभल–अमेरिका, हानोइ इन्टरनेशनल फिल्म फेस्टिभल–भियतनाम, सियाटल इन्टरनेशनल फिल्म फेस्टिभल–अमेरिकामा छनौट भइ प्रदर्शन भइसकेको छ।

निर्देशक प्रवीण स्याङबोको दोस्रो चलचित्र हो, यसअघि प्रवीणले २०६९ मा ‘अध्याय’ निर्देशन गरेका थिए। ‘कथा ७२’को आकाश पौडेल, सुशान्त श्रेष्ठ र प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेल निर्माता रहेका छन्। फिल्ममा आकाश मगर, सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी, रोमस लगायतको अभिनय रहेको छ।

प्रकाशित २१ कार्तिक २०७५, बुधबार | 2018-11-07 18:44:58
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • देउवा र पौडेल

    कांग्रेस नेतृत्व कब्जा गर्न देउवा र पौडेलका तीन दाउपेच

    पदाधिकारी संख्या बढाएर विभिन्न गुट-उपगुटका अगुवाहरुको व्यवस्थापन गर्नुपर्ने जुन ‘दुख’ पौडेललाई छ, देउवा त्यो ‘दुख’ बाट मुक्त भएपनि समस्यामुक्त...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    सुन तस्करलाई सटर सुम्पन क्षेत्रीद्वारा प्राधिकरण नियमको ठाडो उल्लंघन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण नियम उल्लंघन गरी सेटिङ मिलाएर सुन तस्करलाई सटर...

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...