दीपक-दीपासँग पुष्पको माफी



Kshamadevi Group


पुष्प खड्का
पुष्प खड्का

नायक पुष्प खड्काले कलाकारद्वय दीपकराज गिरि र दीपाश्री निरौलासँग माफी मागेका छन्।

खड्काले आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै ‘छक्कापञ्जा-३’ मा जोडिन नपाउँदा दुख लागेको बताउँदै माफी मागेका हुन्।

विविध कारणले ‘छक्कापञ्जा-३’ मा काम गर्न नपाएकोमा माफी मागेका उनले ‘मह सञ्चार’ ले निर्माण गर्न लागेको सिनेमा ‘दाल भात तरकारी’ मा जोडिन पाउदा खुशी लागेको बताएका छन्।

सुरुमा ‘छक्कापञ्जा-३’ मा अनुबन्धित भएका पुष्प पछि सिनेमाको स्क्रिप्ट सुन्न नपाएको भन्दै टिमसँग असन्तुष्टि व्यक्त गरेका थिए, यही कारण उनको भूमिका ‘छक्कापञ्जा-३’ बाट चिप्लिएको थियो।

स्क्रिप्ट र गेष्टरोलका कारण छक्कापञ्जा-३ नखेलेको बताउने पुष्पले ‘दाल भात तरकारी’ मा भने हरिवंश आचार्यको विश्वासमा आफू सिनेमा खेल्न तयार भएको बताएका छन्।

‘मुख्य भूमिकाको लोभ हो पुष्पलाई?’ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘मुख्य भूमिका भन्दा पनि महत्वपुर्ण भूमिकाको खोजी जहिले पनि हुन्छ। कलाकार भए पछि जस्तोसुकै भूमिका गर्न तयार छु।’

सिनेमामा आफ्नो भूमिका मुख्य भन्दापनि महत्वपूर्ण हुनुपर्ने मान्यतामा रहेको बताउनले उनले ‘छक्कापञ्जा-३’ को हकमा केही ‘मिसकम्युनिकेसन’ मात्रै भएको दाबी गरे।

‘छक्कापञ्जा-३ मा छोटो भूमिका भन्दापनि अन्य विभिन्न कारणले म सहभागी हुन सकिन, त्यसमा दुख लागेको छ’ उनले भने, ‘तर यो टिममा काम गर्न पाउदा निकै खुशी छु। दाल भात तरकारीमा म सतप्रतिशत समय दिनेछु।’

प्रकाशित ३१ साउन २०७५, बिहिबार | 2018-08-16 14:26:37
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।