गीतको सहारामा पूजालाई सुदर्शन थापाको प्रेम!


Infocus


पूजा शर्मा र सुदर्शन थापा
पूजा शर्मा र सुदर्शन थापा
NIC ASIA

नायिका पूजा शर्मा र सुदर्शन थापाबीचको प्रेम सम्बन्ध खासै नौलो कुरो होइन। सुदर्शन थापा जहाँ पूजा शर्मा त्यहीँ हुनुले उनीहरु बीच प्रेम सम्बन्ध छ भन्ने कुरालाई बल पुर्‍याएको छ।

सिने नगरीमा पूजा र सुदर्शनको प्रेम सम्बन्धको निकै चर्चा हुने गरेकोछ। यद्यपी उनीहरु आफूहरुबीच व्यबसायिक सम्बन्ध बाहेक अरु कुनै सम्बन्ध नभएको जिकिर गर्छन्।

तर उनीहरुले भनेको कुरामा विश्वास गरिहाल्ने अवस्था भने छैन। उनीहरुका गतिविधि र क्रियाकलापले पूजा र सुदर्शनबीच केही खिचडी पाकिरहेको अनुमान जो कोहीले लगाउन सक्छन्।

२२ भदौमा प्रदर्शनमा आउन लागेको सिनेमा ‘रामकहानी’ मा पूजाको नाम नायक आकाश श्रेष्ठसँग जोडिएपछि सुदर्शन र पूजाको सम्बन्ध बिग्रिएको चर्चा सिनेबृत्तमा छ। यो कुराको पुष्टि सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा समेत सार्वजनिक भयो।

नायिका पूजाले निर्देशक सुदर्शनलाई आफ्नो फेसवुकबाट ‘ब्लक’ गरेको कुरा खुलाइन्। पूजा र सुदर्शनको सम्बन्धमा यस्तो दरार आइरहेको समयमा निर्देशक सुदर्शनको एउटा रमाइलो पोष्ट आएको छ।

सुदर्शनले आफ्नो फेसबुकमा नायिका पूजासँगको सेल्फि राख्दै ‘म यस्तो गीत गाउँछु’ सिनेमाको ‘भन्छु आज मनका कुरा ..’ का केही अंश पोष्ट गरेका छन्। निर्देशक थापाले लेखेका छन्:

तिम्रो साथमा भएर हास्न सजिलो हुन्छ मलाई
भबिष्य सम्झिएर बाँच्न सजिलो हुन्छ मलाई
मेरा खुसी सबै नै तिमीलाई दिन्छु, मेरो हुन्छौ भने तिमी
ती हातले यी परेली छुन्छौ भने तिमी
आफ्नै सम्झी परेली छुन्छौ भने तिमी

प्रेम व्यक्त गर्ने आशयको फोटो सहितको स्टाटस राखेपछि धेरैले ‘राम्रो जोडी’, ‘लभ बर्ड’, ‘स्विट कपल’ जस्ता प्रतिक्रिया दिएका छन्।

सिनेमा ‘रामकहानी’ को प्रर्दशन मिति नजिकिँदै जाँदा प्रेम आशयको गीतसहित दुई जनाको फोटो राख्नुलाई आमदर्शकले के बुझ्ने? के साँच्चै प्रेम व्यक्त गर्न खोजेको वा प्रेमको गसिप चलाएर सिनेमाको प्रचारप्रसारलाई अगाडि बढाउन खोजिएको हो?

सम्भवत सुदर्शनले आफ्नो मनको भाव व्यक्त गर्न आफ्नै सिनेमाको गीतको सहारा लिएका हुन् कि!

प्रकाशित ३१ साउन २०७५, बिहिबार | 2018-08-16 14:11:49
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...

  • साउदी अरब

    साउदी अरबमा ‘एक्जिक्ट पर्मिट’ को रकममा तीन गुणा वृद्धि

    यसअघि थप समय बस्नका लागि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिरेर पत्र लिनुपर्ने व्यवस्था थियो। सरकारले उक्त रकम बढाएर अहिले ७...

  • रिक्सा राज र सद्दे नभेटिने गाडी

    अरु कुरामा बंगलादेश हामी (नेपाल) भन्दा अघि रहेपनि ट्राफिक नियम उल्लंघन नगर्नेमा चाहिँ हामीले बंगलादेशलाई जितेका रहेछौँ।