प्रचारप्रसारका लागि मोफसलको यात्रामा चार चलचित्र


Infocus



यो साता हलमा ३ वटा सिनेमा एक साथ प्रदर्शनमा आएका छन्। ‘कहीँ कतै’, ‘टिन एज’ र ‘पिरिम पर्या छन्’ गरी तीन सिनेमा एक साथ प्रदर्शनमा आएका हुन।

NIC ASIA

 हुन त पछिल्लो केही साता एकै मितिमा तीनवटा भन्दा बढी सिनेमा एक साथ प्रदर्शनमा आएका छन्। साउन लागेसँगै सिनेमाको भेल आइरहेको यो क्रम कात्तिक महिनासम्म लगभग उस्तै गरी हुने देखिन्छ।

यतिबेला दिनहुँ जसो सिनेमाको गीत, ट्रेलर तथा विभिन्न कार्यक्रमम हुने गरिरहेका छन्। केही सिनेमाहरु फटाफट प्रचारप्रसारका लागि दौडरहेका छन्। प्रचारप्रसारको लागि सामान्यतया काठमाडौँमा मात्रै केन्द्रित हुने सिनेमाहरु यतिबेला देश दौडाहामा निस्केका छन्। 

यति बेला मोफसलमा आफ्नो सिनेमाको प्रचारका लागि भन्दै ४ वटा सिनेमा पुगेका छन्। प्रदर्शनको अघिल्लो दिन कहीँ कतैको टोली पत्रकार सम्मेलन भन्दै पोखरा पुगेका छन् भने जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मिस्टर भर्जिन’ले पश्चिम नेपालबाट देशका विभिन्न सहरहरुमा कार्यक्रम गर्दै पूर्वी नेपाल लागेको छ। सिनेमाका निर्देशक विसारत बस्नेत, कलाकार गौरव पहारी, मरिस्का पोखरेल, कमलमणि नेपाल प्रचारप्रसारका लागि देश दौडाहामा छन् भने सोही मितिमा प्रदर्शनमा आउने सिनेमा ‘ब्ल्याक’ प्रचारको लागि सिनेमाका मूख्य कलाकार आँचल शर्मा र आकाश श्रेष्ठलाई लिएर पूर्वी नेपाल हुदै पश्चिम पोखरामा पुगेको छ।

यता सन्तोष सेनको निर्माणमा रहेको सिनेमा ‘मेरी मामु’को प्रचारको लागि सिनेमा टोली २ भागमा विभाजन भएर प्रचारप्रसार गरिरिहेका छन्। नायिका अश्लेषा ठकुरी, सारुक ताम्रकार लगायतका टोली पश्चिम नेपालबाट प्रचार गर्दै पोखरा पुगेका छन् भने निर्माता सन्तोष सेन, बालकलाकार आयुब सेन, कुशुम गुरुङ, शिशिर भण्डारी लगायतका टोली पुर्वी नेपालको धरान, झापा, इटहरी, हेटौडा, चितवन हुदै पोखरातर्फ लागेका छन्।

आफ्नो सिनेमा चलाउन यतिबेला निर्माता निर्देशक कम्मर कसेर लागेका छन्।

 

प्रकाशित २५ साउन २०७५, शुक्रबार | 2018-08-10 17:11:21
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...