दुर्गा सुवेदीको आत्मकथा ‘विमान विद्रोह’ सार्वजनिक




प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको आत्मकथा ‘विमान विद्रोह, एउटा राजनीतिक अपहरणको बयान’ सार्वजनिक भएको छ।

 सुवेदीले आत्मकथामा नेपालको पहिलो र एकमात्र राजनीतिक विमान अपहरणबारे आफ्नो अनुभूतिलाई समावेश गरेका छन्। आत्मकथामा पञ्चायतति शासन व्यवस्थाका विरुद्ध संघर्षका विविध आयामहरु उद्घाटित छन्।

बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्, ‘मसँग पैसा थिएन अनि हवाईजहाज अपहरणको विचार आयो । म विस्तारमा भनुँ कि नभनुँ? अहिले छोडिदिऊ, अब मान्छे पनि आइसके।’ दुर्गा सुवेदी भन्छन्, ‘बीपीले विस्तारमा नभनी छोडिदिनु भएको कहानी मैले भन्ने जमर्को गरेको छु।’

२००३ सालमा धनकुटामा जन्मिएका सुवेदी नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित नाम हुन्। पञ्चायती सत्ताविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पुर्याउन राष्ट्र बैंकको भारु ३० लाख लुट्न उनले बसन्त भट्टराई र नगेन्द्र ढुंगेलसँग मिलेर २०३० सालमा नेपाल वायुसेवा निगमको विमान अपहरण गरेका थिए। यसबापत करिब १० वर्ष लामो प्रवास–बसाई र दुई वर्ष भारतीय जेलमा जीवन बिताएका सुवेदी कालान्तरमा माओवादी र सरकारबीच शान्ति–संवाद गराउने सूत्राधारसमेत बने।

एउटा सशस्त्र संघर्ष गर्दा र अर्को सशस्त्र संघर्ष टुंग्याउन भूमिका खेल्दाका दुवै पाटाहरु पुस्तकमा छन्। कांग्रेसले हतियार उठाउँदाका अन्तरकथा, कोइराला परिवारका भित्री कथा र त्यसै क्रममा उनी स्वयंलाई पार्टीभित्रबाटै मार्न खोजिएको षडयन्त्रको पनि सुवेदीले खुलासा गरेका छन्। साथै आफ्नी धर्मपत्नी सुशीला कार्की प्रधानन्यायाधीश छँदा तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्की कसरी ‘१० करोडको गोड्धुवा प्रस्ताव’ लिएर आएका थिए भन्ने वर्णन पनि पढ्न पाइन्छ।

‘विमान विद्रोह’को प्रकाशन किताब पब्लिसर्स प्रालिले गरेको हो। ‘यसमा राजनीतिक प्रयोजनले विमान अपहरण गर्दाको व्यक्तिगत मनोविज्ञान पहिलोपटक अपहरणकारी स्वयंले सार्वजनिक गर्नुभएको छ,’ किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकाल भन्छिन्, ‘यो पुस्तकले पाठकहरुलाई नेपाली इतिहासको रोचक अतीततर्फ फर्काउने हाम्रो अपेक्षा छ।’

प्रकाशित २५ साउन २०७५, शुक्रबार | 2018-08-10 12:54:22
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    त्यो भेटमा भन्न नसकेको ‘यू आर माई भ्यालेन्टाईन’

    मतिर मायालु नजर फ्याँक्दै तिमी बोल्यौ, ‘रात परेपछि तिमीसँगै बसेर खाएको अरुले देख्यो भने मेरो घरमा बास हुन्न। बरु सर्ट ड्राईभमा कुरा गर्दै सहरलाई एक...

  • अख्तियार आयुक्त बन्न लोकमानको आडमा पाठकले चलाएको त्यो जादू

    तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको आडमा पाठकले अख्तियारको आयुक्त पद हत्याएका थिए। पाठकले कार्कीलाई त्यसअघि नै एउटा महत्वपूर्ण गुण लगाएका...

  • घूस खाने आयुक्तका बाँकी विकल्पः राजीनामा कि महाअभियोग

    घुस कान्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध माअभियोग प्रस्ताव दर्ताको तयारी सुरु भएको छ।

  • अख्तियार आयुक्त राजनारायण पाठक

    अख्तियार आयुक्त पाठकले ७८ लाख घूस लिएको खुलासा

    भ्रष्टचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठक आफैले ७८ लाख रुपैयाँ घूस लिएको खुलासा भएको छ।