१० करोड लागतमा एलियनको कथामा फिल्म बन्दै




नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको छ। लोकनाथ गौतमको निर्देशनमा तयार हुने उक्त चलचित्रको नाम ‘एलियन्स’ राखिएको छ।

 चलचित्र एलियन्सको यतिबेला स्कृप्ट र लोकेशन हेर्न कार्य भइरहेको निर्माण पक्षले जनाकारी दिएको छ।

एलियन्सका बारेमा दुई वर्षको अनुसन्धानपछि फिल्मको स्कृप्ट तयार पारिएको निर्देशक गौतमले जानकारी दिए।

चलचित्रको लागत १० करोड लाग्ने अनुमान गरिएको छ। एलियन्सको कथा भएको कारण अधिकांश दृष्य एनिमेशन र भिएफएक्स गर्नु पर्ने भएको कारण चलचित्रको बजेट १० करोड पुग्ने निर्देशक गौतम बताए।

उच्च प्राविधिक र उच्च मेकिङका लागि भारतबाट प्राबिधिक ल्याउने तयारी भइरहको छ। नेपाली चलचित्र पनि स्तरीय बन्नु पर्ने र नेपाली चलचित्रलार्इ अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्छ भन्ने लक्ष्यको साथ यो महत्वकांक्षी चलचित्र बनाउने आँट गरिएको गौतम बताउँछन्।

चलचित्रका कलाकार एव प्राविधिकलाइ एक औपचारिक कार्यक्रम आयोजना गरेर चाडै सार्वजनिक गरिने निर्देशक गौतमले जानकारी दिए।

१२ वर्षदेखि निरन्तर चलचित्र क्षेत्रमा सक्रिय गौतमले थुप्रै सिरियल निर्माण एव निर्देशन गरिसकेका छन् भने रोमान्स र लभ इज लाइफ नामक चलचित्र पनि निर्देशन गरि सकेका छन्।

प्रकाशित ५ साउन २०७५, शनिबार | 2018-07-21 12:16:41
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।