‘मिस टुरिजम’ प्रतियोगिता हुने





आगामी भदौ २५ गते काठमाडौमा ‘मिस टुरिजम प्रतियोगिता २०१८’ हुने भएको छ। प्वाइन्ट मिडिया प्रालिले पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्न तथा पर्यटन प्रवद्र्धनका लागि उक्त प्रतियोगिताको तेस्रो संस्करण गर्न लागेको हो।

NIC ASIA

बुधबार पत्रकार सम्मेलन गर्दै प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले १८ वर्षदेखि २५ वर्ष उमेरसम्मका अविवाहित नेपाली महिलाले प्रतियोगितामा आवेदन दिनसक्ने जानकारी दिए।

प्रतियोगिताका लागि साउन २ गते देखि फारम खुला गरिएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट प्रतियोगिलाई विभिन्न संस्था र कम्पनीले ब्राण्ड एम्वेस्डर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरसमेत प्रदान गरिनेछ। 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले उक्त प्रतियोगिताबाट पर्यटन क्षेत्रको आन्तरिक तथा बाह्य रुपमा प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

प्रकाशित २ साउन २०७५, बुधबार | 2018-07-18 18:42:03
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • cof

    बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

    ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’,

  • शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

    बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

  • डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

    सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?

    विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

  • पशुपति मुरारका

    पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

    नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा मात्र पार्टी हुने दिन पनि अब आउन सक्छ। राजनीतिक पार्टीहरू यसरी एक हुँदैछन् तर हामी नीजि क्षेत्रका व्यवसायी...