कविता अर्थात् आफ्नै कथाकी नायिका




पोखरामा जन्मिएर काठमाडौं हुँदै नर्वेसम्म यात्र गर्‍यो उनको जीवनले, यात्रामा अनेक घुम्तीहरु आए। र, आए अनेक समस्याहरु पनि। त्यस्ता समस्यालार्इ पार गर्दै हिँडिन् कविता गुरुङ।

भनिन्छ, सबै मान्छेसँग जीवन भोगार्इका आ-आफ्ना कथा हुन्छन्। तर, केही कथा यस्ता पनि हुन्छन् जो अरुका लागि प्रेरणा बनिदिन्छन्। 'त्यही प्रेरणाका लागि मैले आफ्नै कथामा आधारित फिल्म बनाउन अनुमति दिएकी हुँ' कविता भन्छिन्।

पोखरामा जन्मिएकी कविता अध्ययनको लागि काठमाडौं आइन्। काठमाडौंबाट पोखरा गइन र उमेश थापासँग भागी विवाह गरेर पोखराबाट पुन: काठमाडौं आइन्। त्यो बेला कविता १९ वर्षकी थिइन्, उनका श्रीमान उमेश थिए २० वर्षका।

विवाहपछि कविता र उमेशले काठमाडौंमा अनेक हन्डर खाए। त्यस्ता हन्डरको चोट निको पार्ने औषधि भयो माया । नेपालमा इन्जिनियरिङ सक्काएर उमेश नर्वे उडे, उमेशले केही वर्षपछि कवितालार्इ पनि उतै बोलाए।

नर्वेमा कविताले क्यान्टिनमा काम गर्थिन्, उमेश इन्जिनियरिङको काम गर्थे। त्यतिन्जेल दुर्इ दम्पती १४ वर्षिय छोराका आमा बाबु पनि बनिसकेका थिए।

एकदिन निर्देशक मिलन चाम्स नर्वे स्थित कविताको घरमा आए। कविता र उमेशको कथामा रुचि रहेछ मिलनलार्इ। उनीहरुले आफ्नो कथा सुनाए। उनीहरुको कथा मनपरेपछि मिलनले फिल्म निर्माण गर्ने प्रस्ताव राखे। उमेश र कविताले ओके गरिदिए।

कुनैबेला कवितासँग एउटा आफ्नै कथा थियो। अहिले उक्त कथा 'बोबी'को रुपमा चलचित्रमा परिणत भएको छ।  निर्देशक मिलन उनीहरुको कथामा आधारित चलचित्रको निर्देशन गरेका छन्। बोबी यही असार २९ गतेबाट नेपालभर एकसाथ प्रर्दशन हुँदैछ।

'आफन्त परिवार साथीभार्इ छोडेर हिँड्ने त्यत्रो ठूलो डिसिजन कसरी लिएँ होला?' कविता आफूले आँफैलार्इ प्रश्न गर्छिन्। सानो कद, गहुँगोरो र मुस्कानसहितको अनुहारकी कविताको स्वर पनि कविता जस्तै छ।

१९ वर्षको उमेरमा पोखराबाट उमेशसँग भाग्न भाग्न लाग्दा कविताको दिमागमा एउटै कुरा खेलिरह्यो त्यो थियो माया। 'मैले साँचो माया नगरेकी भए उमेशसँग त्यसरी भाग्न सक्दिनँ थिएँ हो' त्रिपुरेस्वरस्थित नेपालखबरको समाचार कक्षको एक कुर्सिमा बसेकी कविता विगतलार्इ सम्झँदै भनिन्।

'सायद त्यो निर्णय आज लिनुपरेको भए म भागेर जाँदैनथे होला', कविता त्यो दिन सम्झिन्छिन्,'त्यो बेला मेरो दिमागमा माया बाहेक अरु केही पनि थिएन।'

त्यो बेला कवितालार्इ उमेशसँग भाग्न लाग्दा के गरिरहेकी छु भन्ने होस नै थिएन्। मायाकै कारण उनले विपरित जातका उमेशसँग विवाह गरिन्। बिहेपछि कविताको परिवारले उमेशलार्इ स्वीकार गरेन। कविता भन्छिन्,'मेरो जीवनका अनेक दु:ख, सुख, प्रेम विछोडको कथा नै बोबी चलचित्र हो।'

प्रकाशित ९ असार २०७५, शनिबार | 2018-06-23 14:36:37
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...