वुद्धिसागरसँग विश्वकप संवादः मनपर्ने टिम अर्जेन्टिना, खेलाडी मेस्सी


Infocus



वुद्धिसागर
वुद्धिसागर

पछिल्लो पुस्ताका रुचाइएका आख्यानकारमध्येका एक हुन, वुद्धिसागर। उनका ‘कर्नाली ब्युज’ र ‘फिरफिरे’ गरी दुई उपन्यास प्रकाशित रहेका छन्। लामो समयदेखि पत्रकारितामा समेत सक्रिय रहँदै आएका उनी पछिल्लो समय भने साहित्य लेखन र विचार विमर्शमा सक्रिय छन्। विश्वकप फुटबलको माहोल तातिरहेका बेला त्यसैसँग सम्बन्धित रहेर नेपालखबरकी बुनु थारुले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँः


विश्वकपले कत्तिको छोएको छ यहाँलाई?

यसपटक विश्वकपले मलाई पनि राम्ररी नै छोला जस्तो छ। दुई–चारवटा कामहरु थिए, सिध्याइँसके। अरु केही बाँकी छन्। सबै भ्याइसकेर सुरुदेखि नै हेरौँ भन्न लागेको छ।

यहाँलाई मनपर्ने टिम र खेलाडी कुन हुन?

मैले फुटबल हेर्ने भनेको चाहिँ विश्वकप मात्रै हो। मेरो मनपर्ने खेलाडी मेस्सी हुन। उनी महान् खेलाडी हुन् भन्ने मलाई लाग्छ। त्यसैले मैले अर्जेन्टिनालाई नै सपोर्ट गर्छु।

विश्वकप कहिलेदेखि हेर्न थाल्नुभएको हो?

म २०५६ मा काठमाडौँ आएको हुँ र त्यही वर्षदेखि विश्वकप हेर्न थालेको हुँ। गाउँघरमा टेलिभिजन सुविधा थिएन त्यसैले त्यहाँ हेर्ने कुरै भएन। यहाँ ठाउँठाउँमा प्रोजेक्टहरु राखेर फुटबल देखाइने रहेछ। फुटबल हेर्ने मानिसहरुको उत्साह र भीडले मलाई विश्वकप हेर्ने उत्साहित बनायो।

विश्वकपको तयारी कस्तो छ? जर्सी किन्नुभयो?

अहिलेसम्म त मैले जर्सी लगाएको छैन। तर, यो पटक चाहिँ लगाउँ भन्ने छ। हेरुम के हुन्छ।

अघिल्लो विश्वकपको कुनै मनपरेको खेल याद छ?

खेल चाहिँ ठ्याक्कै याद भएन तर त्यो गेम मेक्सिको र अर्को कुनै टिमको थियो। मेक्सिकोको टोलीले खेलेको फुटबल मलाई निकै राम्रो लागेको थियो। उनीहरुले हार्दा खेरी चित्त दुखेको थियो।

तपाईंलाई मनपर्ने खेल कुन कुन हुन र किन?

खेलमा त मलाई फुटबल नै मनपर्छ किनभने फुटबल भनेको यस्तो खेल हो जसले धर्तीको सारा मान्छे जोड्ने काम गर्छ। जतिपनि प्रविधिको पहुँच भएका मानिसहरु छन्, फुटबललाई रुचाएकै हुन्छन्। फुटबलप्रेमी सबैले विश्वपको प्रतिक्षा गरेकै हुन्छन्। यसले सबैलाई जोड्छ र एकदमै पोजिटिभ माहोल सिर्जना गर्छ। पोजिटिभ कसरी हुने रहेछ भने केही मनपर्ने टिम हामीले छानेका हुन्छौँ, सपार्ट गछौँ। खेलले व्यवाहारिक जीवनका तनावलाई बिर्साउने रहेछ।

फुटबल खेलको अवधि ९० मिनेटमा खेलाडीहरु दौडिरहेका हुन्छन् त्यो सँगै खेल सकिँदासम्म दर्शकहरु पनि थाकिसकेका हुन्छन्। खेलाडीको स्पीड मिलाएर हुटिङ गर्ने भएकाले पनि खेल र दर्शक मज्जाले जोडिन्छन् जस्तो मलाई लाग्छ। हेर्नेलाई पनि एकदमै उmर्जा चाहिने खेल हुनाले फुटबल बडो रोमाञ्चक लाग्छ।

बाल्यकालमा कत्तिको फुटबल  खेल्नुहुन्थ्यो?

अलिअलि खेलिन्थ्यो। मलाई फुटबल खेल्न रुचि त हुन्थ्यो। हाम्रो घरतिर बजारमा टिम बनाएका थिए त्यसको म गोलकिपर थिएँ। गोलकिपर किन राखिएको थियो भन्दा यसलाई खेल्न आउँदैन टिममा कहीँ त राख्दिम् न भनेर राखिएको थियो। अहिले विश्वकप हेर्दा थाहा हुन्छ गोलकिपरको कति पावर हुन्छ भन्ने। एउटा बेकार मान्छेलाई कसमा फिट गर्ने त भनेर मलाई गोलपोस्टमा राखिएको थियो। म गोलपोस्टमा हुँदा त बल पनि नआइपुग्ने के, बल हेरेर बसिन्थ्यो।

लेखनमा खेलकुदको के महत्व हुन्छ?

लेखकले कहिलेकाहीँ केही लेख्न खोजिराखेको हुन्छ, त्यो भैराखेको हुँदैन। धेरैँ सोच्दा दिमाग बोदो हुँदै जाने रहेछ। तपाईंले त्यो चिजबाट केही समय रेष्ट गरेर अर्को चिजमा दिमाग सक्रिय बनाउनुभयो भने फेरि फर्केर आउँदाखेरि त्यो चिजलाई सपोर्ट हुन्छ। खेलले त्यसरी नै भूमिका खेल्छ जस्तो लाग्छ। पाठकहरुले पनि भन्नुहुन्छ मैले आफै पनि अनभुव गरेको छु–फुटबलमा जब खेल्न सुरु गरिन्छ सबै खेलाडी बल पास गर्दे गर्दै गोल पोस्टमा प्रहार गर्छन् नी त्यसरी नै मेरो किताबहरु च्याप्टर पनि एउटाबाट सुरु भएर पास हुँदै हुँदै अन्तिमा गोल गरेजसरी त्यो शैली यसमा पनि हुन्छ जस्तो लाग्छ।

विश्वकपजस्ता ठूला प्रतियोगिताहरु लेखनका केही प्रभाव पार्छन्?

विश्वकपमा त्यस्तो रंगीन माहोल हुन्छ कि त्यसले सबचिज बिर्साइदिन्छ। दर्शक सारा चिजबाट मुक्त हुन्छ। तपाईंको दिमाग खाइराख्ने, बिहान बेलुका सताइराख्ने चीज सबै पखालिन्छ। किनभने तपाईको ध्यान अन्तैतिर हुन्छ तपाईलाई फ्रेस बनाउँछ।डिभिडीहरु हेर्दा खेरि त्यो अड्कियो भने अर्को क्लिन गर्ने सिडी हालिन्छ नि सफा गर्नला , हो मेरो विचारमा यस्तो खेलहरु क्लिन गर्ने सिडी जस्तै हुन्।

साथीभाइसँग हेर्न रुचाउँनुहुन्छ कि एक्लै?

सुरुवाती तथा बीचका खेलहरु घरमै हेर्छु अरु पछि सेमिफाइनलसम्म पुग्दाखेरि चाहिँ अलि माहोलमा बस्न मन लाग्छ त्यतिबेला साथीभाइहरुसँग हेर्न मज्जा लाग्छ। साथीहरु एउटै देशका सपोर्टर भन्दा पनि छुट्टाछुट्टै देशका सपोर्टर भए भने सँगै हेर्न मज्जा हुन्छ। हुटिङ गर्न पनि मज्जा लाग्छ। फाइनलमा समान्य बाजी लगाइन्छ, यसो इन्जोय होस् भनेर।

स्टेडियमा बसेर कुनै लाइभ गेम हेर्नुभएको छ?

त्यस्तो लाइभ नै गेम हेर्ने भनेर त हेर्न बसेको छैन तर एकचोटी अष्टे«लिया जाँदा खेरि माइकल क्लार्क र सन्दीप लामिछानेको एउटा गेम चलेको छ भनेर हेर्न चाहिँ पुगेको थिएँ तर योजनानै बनाएर स्टेडियममा नै गएर हेरेको चाहिँ छैन।

 

 

प्रकाशित २९ जेठ २०७५, मंगलबार | 2018-06-12 17:55:39
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।

  • पार्टी एकताका दिन ३ जेठमा  झलनाथ खनाल बाहेक नेकपा केन्द्रीय सचिवालयका नेताहरु

    नेकपाका पाँच भर्सेस् चार शीर्ष नेताः कति एकता, कति भिन्नता?

    ओली-प्रचण्डसहित केन्द्रीय सचिवालयका पाँचजना नेता एकातिर र २२ असोजको बैठक बहिस्कार गरेका नेपाल–खनालसहितका चार नेता अर्काेतिर जस्तो देखिएपनि चार जना...

  • सुरेश गैरे

    सुरेशकाे शालीन संगीत यात्रा

    ‘मलाई सफ्ट र मेलेडियस् संगीतमा काम गर्न मन पर्छ’ सुरेश भन्छन्, ‘भारतीय मोर्डन गीतहरुबाट बढी प्रभावित छु। पप गीतहरु खासै मन पर्दैन’, उनी सुनाउँछन्।...

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।