जया बच्चन भारतकी सबैभन्दा धनी सांसद





समाजवादी पार्टीकी नेता तथा चर्चित अभिनेतृ जया बच्चन भारतीय संसदको सबैभन्दा धनी सदस्य बनेकी छन्।

NIC ASIA

शुक्रबार आफूसँग १ हजार करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति भएको घोषणासँगै उनले भारतीय जनता पार्टीकको तर्फबाट राज्यसभा सदस्य बनेका रवीन्द्र किशोर सिन्हालाई पछाडि पारेको सञ्चार माध्यमहरुले जनाएका छन्।

रवीन्द्रले सन् २०१४ मा राज्यसभा सदस्य बन्दा आफूसँग ८ सय करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति भएको घोषणा गरेका थिए।

सन् २०१२ मा राज्यसभा सदस्यको उम्मेदवारी दिँदा जयाले आफू र आफ्ना पति अमिताभ बच्चनसँग ४ सय ६० करोड भारतीय रुपैयाँ बराबरको अचल सम्पत्ति भएको जानकारी दिएकी थिइन्।

सपथ ग्रहण कार्यक्रममा उनले गरेको लिखित घोषणा अनुसार त्यो बेला उनीहरुसँग ३ सय ४३ करोड चाहिँ चल सम्पत्ति थियो। अनौठो त के छ भने, सम्पत्तिको स्वयं घोषणामा जयासँग २६ र अमिताभसँग चाहिँ ३६ करोड रुपैयाँ बराबरको सुनको गहना भएको उल्लेख गरिएको थियो।

अभिताम दम्पत्तिसँग १३ करोड भारतीय रुपैयाँ बराबरका १२ वटा गाडीहरु, अमिताभसँग ३ करोड ४० लाख र जयासँग ५१ लाख बराबरको घडी रहेको जनाइएको छ। अमिताभसँग ९ लाख रुपैयाँ पर्ने महँगो कलम रहेको छ।

फ्रान्समा ३ हजार १ सय ७५ मिटर वर्गफिट क्षेत्रमा फैलिएको आवासीय भवनसहित अमिताभसँग नोयडा, भोपाल, पुने, अमहमवाद, गान्धिनगरमा समेत आलिशान बंगला रहेका छन्। यसैगरी जयासँग लखनउमा १.२२ हेक्टर खेतियोग्य जमिन तथा अमिताभसँग ३ एकडको जग्गा रहेको बताइएको छ।

प्रकाशित २९ फागुन २०७४, मंगलबार | 2018-03-13 16:29:30
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।