‘प्याडम्यान’पछि ‘मिल्कम्यान’ बन्दै अक्षय





बलिउडका सुपरस्टार अभिनेता अक्षय कुमार अब मिल्क म्यान बन्ने भएका छन्। ‘प्याडम्यान’को रिलिजसँग चर्चामा रहेको अक्षयलाई म्ल्किम्यानका नामबाट चर्चित डा. वर्गीस कुरियनको जीवनीमा आधारित भएर निर्माण हुन लागेको चलचित्र म्ल्किम्यानको प्रमुख भूमिकामा अफर गरिएको छ।

एकता कपुरले निर्माण गर्न लागेको यो चलचित्रको निर्देशन भने नारायण सिंहले गर्ने भएका छन्। 

निर्मात्री कपुरले बायोपिक चलचित्रका लागि अनुमति समेत लिइसकेको जानकारी दिइन्। उनले यो चलचित्रमा वर्गीस कुरियनको भूमिकामा अक्षयलाई खेलाउन चाहेको र उनलका लागि यो चलचित्र उपयुक्त समेत हुने धारणा सार्वजनिक गरेकी छन्।

ट्वाइलेट एक प्रेमकथा र प्याडम्यानजस्ता सामाजिक विषयवस्तुमा आधारित चलचित्रमा अभिनय गरेर चर्चा बटुलिरहेका अक्षयले यो चलचित्रमा पनि रुची देखाएको बताइएको छ।

यो फिल्मका बारेमा उनले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक भने गरेका छैनन्। उनी अभिनित प्याण्म्यानले सामाजिक विषवस्तु भए पनि बक्स अफिसमा राम्रो उपस्थिति जनाएको छ।

निर्देशक सिंहले वर्गीस कुरियनका बारेमा भने, ‘उनले सामान्य जनता तथा महिलाका लागि प्रशंसनीय काम गरेका थिए। उनी एक दूरदर्शी चिन्तन राख्ने व्यापारीका साथै असल मानिस पनि थिए।’

 

 

प्रकाशित २९ माघ २०७४, सोमबार | 2018-02-12 14:37:31


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • युवराज खतिवडा

    अर्थ मन्त्रालयमा जाने पछिको कुरा होः युवराज खतिवडा

    राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनेनित भएका अर्थविद डा युवराज खतिवडाले अर्थमन्त्री हुनेबारे छलफल भैनसकेको बताएका छन्।

  • बालुवाटारमा ७ बुँदे सहमतीमा हस्ताक्षर गर्दै एमाले–माओवादीका नेताहरू

    एमाले-माओवादीले गरे एकता, नेपाल कम्युनिष्ट पार्टी नयाँ नाम

    एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर...

  • क्रिकेट खेल्न जाने हो, मोटा मान्छेदेखि डराउनु पर्दैन : ओली (भिडियो)

    नामिबियामा सम्पन्न डिभिजन टूको उपविजेता बन्दै वल्र्डकप क्वालिफायरमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँसहित...

  • ललितपुर एसएसपीलाई स्पष्टिकरण, इन्स्पेक्टर प्रहरीकै नजरबन्दमा

    महानगरीय प्रहरी परिसर ललितपुरले ‘लेनदेन’ को विषयलाई अपहरण तथा शरीर बन्धकको घटना बनाएर मुद्दा मिलाएको खुलासा भएको छ। परिसरले अपहरण तथा शरीर बन्धक...