जापानी ‘मेच्या बिरालो’ नेपालमा


Infocus



जापानी बालबालिकामाझ प्रिय रहेको ‘मेच्या बिरालो’ सचित्र बालकथा श्रृंखला नेपाली बालबालिकामाझ पनि आइपुगेको छ। शनिबार सो कथा श्रृंखलाअन्तर्गत ‘वनभोज’ नामक सचित्र बालपुस्तक विमोचन भएको छ।

NIC ASIA

जापानी बालकथाकार तथा चित्रकार मिल सिकाईको सो सचित्र बालपुस्तकलाई कृष्ण कुम्पुरेले नेपालीमा अनुवाद गरेका हुन्। नेपाली कभर तथा फन्ट डिजाइन आनन्द महर्जनको रहेको सो पुस्तक थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल), आसितेज नेपाल र थिएटर मलको संयोजनमा नेपाल जापान बाल पुस्तकालयमा औपचारिक रुपमा विमोचन गरी ‘मेच्या बिरालो’को कथा पुस्तक नेपाल ल्याइएको हो।

 वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर, वरिष्ठ चित्रकार केके कर्माचार्य, बालसाहित्यकार शास्वत पराजुली, अनुवादक कृष्ण कुम्पुरे र आसितेज नेपालका अध्यक्ष दिपर्शनजंग राणाले संयुक्त रुपमा पुस्तक विमाचन गरेका थिए।

विमोचनसंगै साहित्यकार पराजुलीले नेपाली बालबालिका मेच्या बिरालाकको कथाहरुरमाइलो कथामा रमाउने बताउँदै कथा र चित्रको परिवेश, शिल्प र शैलीबारे समीक्षा गरेका थिए। त्यस्तै शान्तदास मानन्धरले सहभागी बालसाहित्यकार र अभिभावकमाझ जापानी बालकथाको नेपाली समाजमा सान्दर्भिकताबारे केलाउँदै ‘जापानी समाजबाट सिक्नुपर्ने थुप्रै कुराहरु रहेको’ बताए।

अनुवादक कुम्पुरेले जापानी परिवेश र भाषाको पुस्तकलाई नेपाली परिवेश र लवजमा ल्याउन मुस्किल भएको अनुभव सुनाउँदै भावनुवाद गरेर मिठासपूर्ण बनाउने प्रयत्न गरिएको उल्लेख गरे।

लेखिका साकाईले नेपाली बालबालिकाका लागि ‘मेच्या बुक फर स्माइल’ अभियानसहित सहरी तथा ग्रामीण दुवै क्षेत्रका बालबालिकाका लागि यो सचित्र बालपुस्तक श्रृंखला तयार पारेका हुन्। नेपाली भाषामा निकालिएको पुस्तकको चित्रहरुमा साकाईले नेपालीपन दिने प्रयास गरेका छन्।

थिएटर मलका इलिना नकर्मीले धादिङको ग्रामिण विद्यालयमा पुस्तकालय स्थापना गर्न लागेका युवाहरुलाई पुस्तक हस्तान्तरण गरेर वितरण सुरु गरिएको छ। सो पुस्तक नेपाली बालबालिकालाई निःशुल्क वितरण गरिने नेपाली बाल रंगमञ्चमा सक्रिय संस्था टिसीसी नेपालका कला निर्देशक केदार श्रेष्ठले जनाएका छन्।

यसअघि पनि सो कथा श्रृंखलाको ‘नमस्ते’ र ‘चिट्ठी’ गरी दुई सचित्र बालपुस्तक नेपाली बालबालिकाका लागि प्रकाशित भइसकेको छ । ‘मेच्या बिरालो’को कथा श्रृंखला विभिन्न ग्रामीण पुस्तकालय तथा विद्यालयमा पु¥याइने संयोजक संस्थाहरुले बताएका छन्।

प्रकाशित ७ माघ २०७४, आइतबार | 2018-01-21 12:57:29
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।