इशा शाहले चुमिन् मिस गोरखाको उपाधि


Infocus



फोटोः मिस गोरखा इशा शाहको साथमा फष्ट रनरअप, सेकेण्ड रनरअफ, थर्ड रनरअपका साथै आयोजक र अतिथिहरु।
फोटोः मिस गोरखा इशा शाहको साथमा फष्ट रनरअप, सेकेण्ड रनरअफ, थर्ड रनरअपका साथै आयोजक र अतिथिहरु।

गोरखा स्वाँराकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा २०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि चुमेकी छन्। बिहीबार राति सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै पहिलो मिस गोरखा हुने महत्वपूर्ण सफलता हासिल गरेकी हुन्।

NIC ASIA

 नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिकी अध्यक्ष एवं सौन्दर्यकला व्यवसायी महासंघकी अध्यक्ष कमला श्रेष्ठले मिस गोरखाकी बिजेता इशाको शीरमा ताज पहि¥याइन् भने प्रतियोगिताका निर्णायकले नगद र जिन्सी गरी रु. एक लाख बराबरको पुरस्कार इशालाई थमाए।

पहिलो मिस गोरखा घोषणा भएलगत्तै नेपालखबरसँगको संक्षिप्त कुराकानीमा शाहले भनिन्, ‘सबैजनाले सहयोग गर्नुभयो, धेरै खुसी लागेको छ। गोरखालाई संसारमा चिनाउन केही न केही गर्नेछु। भबिष्यमा सफल मोडल हुन्छु।’ गोरखा सदरमुकामको महेन्द्रज्योति माबिबाट एसएलसी उत्र्तीण शाह द वल्ड क्यापिटलमा उच्च शिक्षा हासिल गर्दै गोरखा प्यालेसमा कार्यरत छन्।

सौन्दर्यकला व्यवसायी संघले गरेको प्रतियोगितामा २० जना प्रतिस्पर्धी सहभागी रहेकोमा ठूलो आँगनकी प्रकृति श्रेष्ठ फस्ट रनरअफ हुँदै टेलिभिजन सेटसहित नगद र जिन्सीगरी रु. ५० हजार बराबरबाट पुरस्कृत भइन् भने सेकेण्ड रनरअफ बसपार्ककी बिष्णु घलेले ३० हजार बराबरको र थर्ड रनरअफ चाइनीजधाराकी सिर्जना मगरले नगद र जिन्सी गरी दश हजारभन्दा बढी पुरस्कार जितिन्।

सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष सुकु श्रेष्ठले आफूहरुले दुःख गरी पहिलो पटक मिस गोरखाको सफल आयोजना गरेको भन्दै सहयोग गर्नेहरुलाई धन्यवाद दिइन्। संघका सल्लाहकार भाइचन्द्र श्रेष्ठले कठिन परिस्थितीका बाबजुद पनि हिमाली जिल्लामा सूचीकृत गोरखामा मिस गोरखा आयोजना गरेको बताए। उनले आगामी वर्षमा यसलाई निरन्तरता दिँदै जाने बताउँदै मिस गोरखा हुनेहरुको प्रगति र अरुलाई धन्यवाद दिए।

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 17:53:53
Max TV
Max TV
Zen Travels

author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चुनावअघि मतदातासँग डिएनटीका सभापति डा. लोटे छिरिङ

    भुटानमा नयाँ पार्टीलाई सरकार बनाउन बहुमत

    भुटानमा नयाँ राजनीतिक पार्टी ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले सरकार गठन गर्ने भएको छ।

  • भदौमा नेपाल आउँदा पशुपति दर्शन गर्दै मोदी

    अयोध्याबाट जनकपुर आउने जन्तीसँगै मोदी किन आउँदैछन् नेपाल?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउने तय भएको छ।

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    चौधरी समूहका निर्देशक करण, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...