बातलाबामा भूपिबारे चर्चा


Infocus



बातलाबाले हरेक महिनाको अन्तिम शुक्रबार गर्दै आएको कविता वाचन तथा अन्तक्र्रिया कार्यक्रमको पुस महिनाको शृंखलामा कवि भूपि शेरचन र उनका कविताका बारेमा चर्चा भएको छ। कार्यक्रममा कवि कुन्ता शर्मा, श्यामल र विनोदविक्रम केसीले कवि शेरचना बारे चर्चा गरेका थिए।

NIC ASIA

कवि कुन्ता शर्माले कवि भूपि शेरचन नेपालका थोरै लोकप्रिय कविमध्य एक भएको बताइन्। उनले भूपिले जनताले बुझ््ने भाषामा जनताकै दुःख पीडकाका कविता लेखेका कारण उनका अन्य समकालीन कविहरुभन्दा अब्बल कवि बनेको बताइन्। ‘भूपिका कविता वैचारिक हिसाबले मात्रै नभइ कलात्मक हिसाबले र व्यंग्य चेतका हिसावले पनि उत्कृष्ट छन्’, उनले भनिन्।

ववि श्याममले भूपिको कविता लेखन जस्तै वाचन पनि उत्कृष्ठ रहेको बताए। उनले भूपिको ‘होची मिन्हलाई चिठी’ शीर्षकको कविता भीयतनाममाथि अन्तर्राष्ट्रिय रुपमा लेखिएको उत्कृष्ट कविता भएको दावी गरे।

कवि विनदोविक्रम केसीले कवि भूपि शेरचन थोरै लोकप्रिय कविमध्य एक भएको दावी गरे। उनले भूपिले सरल भाषामा उत्कृष्ट कविता लेखेको भन्दै ती कविताका श्लोक र पंक्ति समेत सामान्य पाठकलाई कण्ठै हुने बताए। भूपिका जीवनका दुई पाटाबारे चर्चा गर्दै कवि केसीले युवा कविहरु भूपिको पछिल्लो प्रवृत्तिबाट जोगिनु पर्ने बताए।

कार्यक्रममा कविहरु बिमला तुम्खेवा, विश्व सिग्देल, कृष्ण किशु, विष्णु ज्ञवाली, केवल विनाबी, जेतेन स्याङताङ, श्यामल, लक्ष्मी रुम्वा, दीपक सापकाेटा, सुनिता खनाल, गणेश राई आदिले भूपिका कविता वाचन गरेका थिए भने रसुवाली कवि र चेतनाध धमलाले आफ्ना सिर्जना वाचन गरेका थिए।

वातलवाले हरेक महिनाको अन्तिम शुक्रबार प्रगतिशील साहित्यका विभिन्न पाटा र व्यक्तिमाथि बहस तथा परिचर्चा कार्यक्रम गर्दै आइरहेको बातलाबाका संयोजक केशव सिलवालले जानकारी दिए।

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 17:42:26
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।

  • चुनावअघि मतदातासँग डिएनटीका सभापति डा. लोटे छिरिङ

    भुटानमा नयाँ पार्टीलाई सरकार बनाउन बहुमत

    भुटानमा नयाँ राजनीतिक पार्टी ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले सरकार गठन गर्ने भएको छ।

  • भदौमा नेपाल आउँदा पशुपति दर्शन गर्दै मोदी

    अयोध्याबाट जनकपुर आउने जन्तीसँगै मोदी किन आउँदैछन् नेपाल?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउने तय भएको छ।

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...