थाइल्यान्डमा हुने ‘मिस्टर ग्लोबल टीन’ मा नेपालको प्रतिनिधित्व गर्दै राज





‘मिस्टर ग्ल्यामरस आइकन टीन २०१८’का विजेता राज खड्काले मार्च १४ देखि मार्च १९, २०१८ सम्म थाइल्याण्डमा आयोजना हुने ‘मिस्टर ग्लोबल टीन २०१८’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन्।

काठमाडौं विशालनगरस्थित सासा इभेन्ट भेन्यूमा आयोजित मिस्टर ग्ल्यामरस आइकन टीनको दोस्रो संकरण अन्तर्गत विजेता बनेका खड्कालाई मिस्टर ग्लोबल इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर, ड्रीम सर्च एजेन्सीका सिइओ कमल क्षेत्रीले बिजेतालाई थाईल्यान्डमा आयोजना हुने ‘मिस्टर ग्लोबल टीन–२०१८’ को प्रतियोगितामा पठाउने प्रावधान भए अनुरुप आफूले सिफारिस गर्ने बताए।

उनले भने, ‘यस अवसर बिजेताका लागि आफूलाई अन्तर्राष्ट्रियकरण गर्ने एक दुर्लभ अवसर हो, त्यहीँ तयारी अनुरुप बिजेताले आफूलाई निखार्दै यस अवसरको सही ढंगले सदुपयोग गर्नुपर्छ।’ बिजेता खड्काले ‘मिस्टर ग्ल्यामरस आइकन टीन’ २०१७ अन्तर्गत मिस्टर बेस्ट फिजिकल, मिस्टर सोशल मिडिया तथा मिस्टर पब्लिक च्वाइस अवार्ड समेत जितेका थिए। १७ वर्षीय खड्काको शारीरिक उचाई ५ फीट ९ इन्च छ ।

उनलाई मिस्टर ग्लोवल नेपाल २०१६ का दिकपाल कार्कीले मेन्टरको रूपमा कोरियोग्राफी प्रशिक्षण दिने कार्यक्रममा जानकारी दिइएको थियो।

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 13:47:53



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नेपाली वाणिज्य दूतावास ल्हासाले केरुङमा अायाेजना गरेकाे बैठकका सहभागी

    चीनले माग्यो नेपालबाट निर्यात हुने कृषि उत्पादनको सूची

    नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको सूची चिनियाँ कृषि मन्त्रालयलाई उपलब्ध गराइदिन चीनले आग्रह गरेको छ।

  • प्राध्यापक पराग पाठक

    एमआईटी प्राध्यापक पाठक नोबेल पुरस्कारका दाबेदार

    ब्लुम्बर्गको डाटा विश्लेषणअनुसार यो अवार्ड पाउने तीन मध्ये एक जनाले अर्थशास्त्रको नोबेल पुरस्कार जित्ने गरेका छन्।

  • डेपुटी गभर्नर श्रेष्ठ

    अख्तियारमा उजुरीपछि राष्ट्रबैंकका डेपुटी गभर्नर जिम्मेवारीमुक्त

    डेपुटी गभर्नर श्रेष्ठमाथि नेपाल बंगलादेश बैंक र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकाल थप गर्दापनि प्रलोभनमा परेको आरोप छ।