मतदानपछि सेलिब्रेटीले के भने?


Infocus



देशभर जारी प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको मतदानमा सहभागी हुदै नेपाली सेलिब्रेटी कलाकारहरुले सबै मतदातालाई मतदान गर्न आग्रह गरेका छन्।

NIC ASIA

नायिका रेखा थापाले काठमाडौं क्षेत्र नम्बर ४ पशुपति क्याम्पस मतदान केन्द्रमा मतदानपश्चात तस्बिर पोष्ट गर्दै ‘मैले मतदान गरे, तपाईपनि ढुक्क भएर सही नेता छान्नुस’ लेखिकी छिन्।

अर्की नायिका तथा निर्मात्री निशा अधिकारीले मतदान नगर्नेसँग गुनासो गर्ने अधिकार पनि नहुँने भन्दै सही व्यक्तिलाई भोट दिन सुझाएकी छिन्।

यस्तै अभिनेत्री केकी अधिकारीले राज्यको साँचो सहि व्यक्तिको हातमा दिने बेला भएको भन्दै सवै नागरिकलाई भोट दिन अपिल गरेकी छिन्।

अर्की नायिका प्रियंका कार्कीले समाजिक सञ्जाल फेसबुकमा तस्बिर पोस्ट गर्दै ‘मतदान हाम्रो नैसर्गिक अधिकार हो। यसलाई हामी सबैले उपयोग गरौं । पार्टीमुखी हुनु भन्दा देशलाई प्रगतिको बाटोमा लानसक्ने सही उमेदवारको छनौट गरौं। सबैको जय होस्।’ भनि लेखेकी छिन्।

पूर्व मिस नेपाल सुगरिका केसीले आफू निर्वाचनमा सहभागी भएको र शान्तिपुर्वक सवैको सहभागिताले खुशी दिलाएको उल्लेख गरेकी छिन्।

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 16:19:47
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्