रेड्डिट संस्थापकसँग गरिन् सेरेनाले विवाह


Infocus



टेनिस सुपरस्टार सेरेना विलियम्सले विवाह गरेकी छन्। बिहीबार न्यु अर्लियन्समा आयोजित एक भव्य समारोहबीच सेरेनाले रेड्डिटका सहसंस्थापक एलेक्सिस ओहानियनसँग विवाह गरेकी हुन्।

NIC ASIA

उनको विवाह समारोहमा बियोन्से, जे जेड, किम कार्दशियन, इभा लोंगोरियाजस्ता हस्तीहरुको उपस्थिति थियो। डिस्नेको ‘ब्युटी एन्ड द बिस्ट’ थिममा सो विवाह समारोह आयोजना गरिएको जनाइएको छ।

उनको विवाह चलुन्जेल न्यु अर्लियन्सको कन्टेम्पोररी आर्ट्स सेन्टर वरिपरि ट्राफिक समेत बन्द गरिएको थियो।

३६ वर्षीया सेरेनाले २३ ग्राण्डस्लाम जितेकी छन्।

उनले गत सेप्टेम्बरमा छोरी एलेक्सिस ओलम्पियालाई जन्म दिएकी छन्। त्यसअघि गर्भवती छँदै जनवरीमा उनले अष्ट्रेलियन ओपन जितेकी थिइन्।

३४ वर्षीय ओहानियनले सन् २००५ मा युनिभर्सिटी अफ भर्जिनियामा छँदा ‘रुममेट’ स्टिभ हफम्यानसँग मिलेर रेड्डिटको स्थापना गरेका थिए।

उनीहरुको भेट २०१५ मा रोममा भएको थियो। उनीहरुले गत गत वर्षको डिसेम्बरमा ‘इन्गेजमेन्ट’ घोषणा गरेका थिए। एजेन्सी

प्रकाशित २ मंसिर २०७४, शनिबार | 2017-11-18 17:12:24
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्