लालबाबुको ‘सिंहदरबार बदल्ने सङ्घर्ष’ आजदेखि बजारमा



पूर्वमन्त्री लालबाबु पण्डितको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ आजबाट बजारमा उपलब्ध भएको छ। नेपालयलले प्रकाशित गरेको यो पुस्तकमा पण्डितको राजनीतिक तथा पारिवारिक जीवनका भोगाइहरु समेटिएको छ।

सञ्चारकर्मी मुकेश पोख्रेलसँग सहकार्य गरी पण्डितले यो पुस्तक तयार पारेको नेपालयले जनाएको छ।

‘पहिलोपटक मन्त्रीबन्नेबित्तिकै जताततै भद्रगोल मात्र देख्न थालेँ,’ पुस्तकबारे पण्डित भन्छन्, ‘त्यतिबेलै सबैभन्दा पहिले मैले आफूलाई बदल्ने संकल्पका साथ काम सुरु गरेको थिएँ। तिनै काम पुस्तकमा उल्लेख छन्।’

‘लालबाबु पण्डितको यात्रा, बाटो र पाइलाहरु धेरैका निम्ति पठनीय हुनसक्ने ठानेर आत्मकथा प्रकाशन गर्ने निधोमा पुगेका हौं,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्।

एमाले नेता पण्डित मन्त्री बन्दा ग्रिनकार्डधारीलाई सरकारी पदमा बस्न नदिने निर्णय गरेर चर्चामा आएका थिए।

पुस्तकको मूल्य ३२५ रुपैँया राखिएको छ।

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 15:51:18

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...