तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’को डिभिडी सार्वजनिक





तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ ९कालो अरिङ्गाल०को डिभिडी आइतबार सार्वजनिक गरिएको छ।

NIC ASIA

रु २५ लाखको लागतमा बनेको उक्त चलचित्रमा समाजका गरिब, निमुखा, विपन्न र उत्पीडनमा परेका वर्गमाथि पूँजीपति वर्गले गरेको अन्याय, अत्याचार, शोषण र राजनीतिक विकृतिविरुद्ध व्यङ्ग्य गरिएको चलचित्रका निर्माता बिकु थोकरले जानकारी दिए। 

कार्यक्रममा लामा गुरु लाक्पा दोर्जे तामाङले डिभिडी सार्वजनिक गर्दै अर्थ अभावका कारण तामाङ चलचित्र निर्माण हुन नसकेको अवस्थामा यो चलचित्रले आर्थिक लाभ पनि गर्न सफल भएको बताए।

चलचित्रका जगे लोप्चन, सुनिता लुङ्बा, बिकु थोकर, सिर्जना तामाङ, सुष्मा मुक्तान, सफल दोङलगायत कलाकारको भूमिका छ। चलचित्रको निर्माण थोकर फिल्म्स प्रालि र निर्देशन शंकर महर्जनले गरेका छन्।

चलचित्रमा संगीत विशाल कल्ताङ र विशाल थिङ तथा रचना कुमार श्याङ्वाको रहेको छ। चलचित्रको कथा ऋतुराज पाख्रिन, नृत्य निर्देशन अजय श्याङतानले गरेका छन्।

देशका १४ जिल्लाका ३५ ठाउँमा प्रदर्शन गरिएको उक्त चलचित्रबाट आम्दानी भएको रु ३५ लाखमध्ये रु १५ लाख गुम्बा र मन्दिर निर्माणमा सहयोग पु¥याउनाका साथै मिर्गौला तथा अर्बुद रोगीका उपचारमा समेत खर्च गरिएको निर्माता थोकरले जानकारी दिए। रासस

प्रकाशित २६ कार्तिक २०७४, आइतबार | 2017-11-12 16:32:48
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...

  • अर्थ मन्त्रालय

    अाज आर्थिक वर्षको अन्तिम दिन, सरकारको कमाइ कति?

    सधैँजस्तै साउन १ देखि याे वर्ष पनि सरकारकाे क्यालेन्डर फेरिँदैछ।