एमिनेमले र्‍यापमार्फत् ट्रम्पको उछितो काढे





एमिनेम
एमिनेम

प्रसिद्ध र्‍यापर एमिनेमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निसाना साँधेका छन्। उनले ट्रम्पको आप्रवास नीति, हतियार नियन्त्रण, श्वेत सर्वोच्चता, रंगभेद, ट्विटर चलाउने बानीलगायतका कुरामा प्रहार गर्दै एक भिडियो सार्वजनिक गरेका छन्। उनले ट्रम्पलाई समर्थन नगर्न आफ्ना फ्यानसँग आग्रह पनि गरेका छन्।

NIC ASIA

मंगलबार प्रसारित बिइटी हिपहप अवार्ड कार्यक्रममा एक भिडियोमार्फत् एमिनेमले ट्रम्पलाई रंगभेदीको आरोप पनि लगाएका छन्।

भिडियोमा उनी फ्रिस्टाइल र्‍याप गरिरहेका देखिन्छन्। ट्रम्पलाई ‘असक्षम’ र ‘पूर्वाग्रही’ भन्दै उनले ‘आणविक नरसंहार’ गराउनसक्ने चेतावनी पनि एमिनेमले दिएका छन्।

उनले ट्रम्प र आफूबीच एक स्पष्ट रेखा रहेको र समर्थकले दुईमध्ये एकलाई मात्र समर्थन गर्नसक्ने पनि बताएका छन्।

सन् २०१३ मा अन्तिम पटक एल्बम सार्वजनिक गरेका एमिनेमको नयाँ एल्बम आउन लागेको बताइएको छ। एजेन्सी

प्रकाशित २५ असोज २०७४, बुधबार | 2017-10-11 14:38:52
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।