बाढी पीडितको सहयोगमा कलाकार, कसले कति सहयोग घोषणा गरे?



केही दिनदेखि परेको लगातारको वर्षाले देशका अधिकांश भाग बाढीबाट प्रभावित भएको छ। बाढीले ५१ जनाभन्दा बढीको मृत्यु भैसकेको छ भने सैयै घर बगाएको छ। बाढीबाट प्रभावित भएपछि जनताहरुसंगै चलचित्रकर्मी पनि अगाडि सरेका छन्।

हाँस्य कलाकार एवं निर्माता दीपकराज गिरीले बाढी पिडितलाई नगद १ लाख सहयोग गर्ने घोषणा गरेका छन्।

यस्तै, हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले पनि ‘मोरङ समाज’को माध्यमबाट नगद ५१ हजार सहयोग गरेकी छिन्। साथै उनले 'तराई को पिडा लाइ पूरै देशको पिडा सम्झौ' भन्दै सहयोगको आव्हान गरेकी छन्।

नायिका प्रियंका कार्कीले पनि नगद ५१ हजार सहयोग गर्ने बताएकी छिन्। सामाजिक सञ्जालमा त्यहाँको पिडा देख्दा मन नथामने र आँखाबाट आँसु आउने बताउदै 'बाढी प्रभावितको सहयोगार्थ मैंले ५१ हजार रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको छु। यस अभियानमा तपाईंहरुको पनि साथको अपेक्षा गर्दछु' उनले लेखेकी छिन्।

निर्मल शर्माले पनि रु, १०,००० सहयोग गर्ने बताएका छन्।

हास्यब्यंग्य कलाकार मनोज गजुरेलले पनि व्यक्तिगत सहयोग घोषणा गर्दै राहतको अपिल गरेका छन् । उनले हास्यब्यंग्य शैलीमा २० हजार रुपैयाँ व्यक्तिगत सहयोगको घोषणा गरेका हुन्।

 सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले पनि धुर्मुस–सुन्तली फाउण्डेसनमार्फत राहत अभियान सुरु गरेका छन्। उनीहरु आइतबार नै महोत्तरीतर्फ गएका छन्।

अन्य कलाकारहरुमा आर्यन सिग्देल, करीस्मा मान्नधर लगायतले पनि सहयोग गर्ने र सहयोग गर्न अपिल गरेका छन्।

 

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 15:24:00

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • चुनाव जितेपछि बिन्दास मुडमा बाबुराम र हिसिला

    गोरखा–२ मा विजय हासिल गरेपछि चुनावी धपेडीबाट मुक्त हुन नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सुटुक्क काभ्रे पुगेका छन्।

  • देउवा र गच्छेदार

    देउवा र गच्छदारको ‘डबल ह्याट्रिक’

    राजनीतिमा उतीर्ण वा अनुत्तीर्ण हुने एउटा परीक्षा हो निर्वाचन। त्यो परीक्षामा कहिल्यै अनुत्तीर्ण नभएका दुई नेताहरु हुन् कांग्रेस सभापति तथा...

  • राठोर, श्रेष्ठ र राय

    जो टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए

    भक्तपुर–२ मा पराजयोन्मुख परिणाम आइरहँदा त्यस क्षेत्रका कांग्रेस उम्मेदवार तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाले ट्वीट गर्दै भनेका थिए, ‘भूतले खाजा...