दर्जनभन्दा बढी कविहरुले विमोचन गरे मुक्त अनुभूति



२३ कविका कविता समेटिएको संग्रह 'मुक्त अनुभूति: कविता र विमर्श' एक दर्जन भन्दा बढी कविहरुले विमोचन गरेका छन्। शिल्पी थिएटरको ‘मुक्त अनुभूति’ शृंखलाका कविहरूले शनिबार राजधानीमा आयोजित काव्य उत्सवमा उक्त संग्रह विमोचन गरेका हुन्।

'मुक्त अनूभूति' कार्यक्रममा भएको छलफल, कविहरूको परिचय र तीनतीन कविता समेटिएको संग्रह हो 'मुक्त अनुभूति: कविता र विमर्श'। 'काव्य उत्सव'मा उपस्थित कविहरुले विमोचनसँगै पुस्तकमा संग्रहित एक-एक वटा कविता पनि सुनाएका थिए। चितवनका कवि भूपिनले भने संग्रह बाहिरको कविता ‘लाहुरे नं चौवालीस’ सुनाए। यस्तै, रामगोपाल आशुतोषले 'मुक्त अनूभूति' शृंखलामा भुइँचालो र विमोचनमा बाढिको संयोग रहेको स्मरण गर्दै ‘भोकको रामायण–२’ सुनाए। विराटनगर, इटहरी लगाएतका जिल्लाहरु डुबानमा परेको कुरामा चिन्तित रहेकी सीमा आभासले सुनाइन कविता ‘बयान’। विक्रम सुब्बाले रमाइलो ढंगले रमाइलो कविता ‘सगरमाथा नाङ्गो देखिन्छ’ सुनाए।

अन्य कविहरुमा मणि काफ्लेले ‘जिउँदो हुनु भनेको’, सुदीप पाख्रिनले ‘लोन्लिनेस’, सुमन पोखरेलले ‘यो सहर कसको हो?’, केशव सिलवालले ‘एक प्रान्त’, शकुन्तला जोशीले ‘काजी बखतजंग ठकुरीलाई मनमाया सुनारको पत्र’, प्रकाश थामसुहाङले ‘जाडोको कथा’, स्वप्निल स्मृतिले ‘आकाशको कथा’, विप्लव ढकालले ‘भ्यागुताको बिहे’, श्रवण मुकारुङले ‘भानुभक्त’, विमला तुम्खेवाले ‘हजार सपना र मनमाया’ र हेमन यात्रीले ‘म त्यही हुँ तिमीले बिर्सिगएको मानिस’ कविता सुनाए। सञ्जीव राईको ‘वार्तालाप’ शीर्षकको कविता ज्योति जंगलले सुनाएकी थिइन्।

कार्यक्रममा उपस्थित वरिष्ठ कवि तुलसी दिवसले कवि नरहे कविताको अस्तित्व नरहने तर्क राख्दै कविहरु विशेष रहेको बताए।

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 13:24:58


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • अन्तिम दोश्रो भोज

    ‘सगरमाथा र लुम्बिनीबिना पनि यो कोटीहोम सम्पन्न हुनपर्छ। एकैछिनको कुरा त हो, न त्यो धरोहर रहन्छ, न हामी। त्यसका खातिर स्लखित हुनै आँटेको नली...

  • प्रधानमन्त्री केपी ओली पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गर्दै

    नयाँ प्रधानमन्त्री वीपीजस्तो कि महेन्द्रजस्तो?

    वीपीले भन्ने गरेको माटो र महेन्द्रले भन्ने गरेको माटोमा फरक छ। हो, यो माटोको फरक बुझ्न सकिएन भने फेरि पनि नेपाली माटो सुहाउँदो ‘कम्युनिज्म’ नेपालमा...

  • 'महिला बालबालिकाले न्याय पाउँछन्'

    एमाले नेता थममाया थापा मगर, ५८ एमाले केन्द्रीय राजनीतिमा पुग्ने थाेरै महिलामध्ये एक हुन्।

  • एभरेष्ट बैंकको प्यारेन्ट कम्पनी पिएनबीमा १ खर्ब ११ करोडको घोटाला

    नेपालस्थित एभरेष्ट बैंकको प्यारेन्ट कम्पनी पञ्जाब नेशनल बैंक (पिएनबी) मा एक खर्ब ११ करोड भारतीय रुपैयाँ घोटाला भएको छ।