गोरखामा तीज मेला सुरु

सगरमाथा आरोही तथा महिला उद्यमी सम्मानित





गोरखा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिले गत वर्षजस्तै तीजको अवसरमा यस वर्ष पनि रानीपोखरी परिसरमा तीज मेला सुरु गरेको छ। तीन दिने मेलाको शनिबार सिँचाइ मन्त्री सञ्जयकुमार गौतमले उद्घाटन गरे।

NIC ASIA

२० वटा स्टल रहेको मेलामा हस्तकलाका सामग्रीहरुको प्रदर्शनीका साथै खानाका परिकारका स्टल रहेका छन्। मेलामा प्रतिव्यक्ति दश रुपैंयाको टिकट लिएपछि मेला अवलोकन तथा ५० रुपैंया टिकट काटेपछि रानीपोखरीमा नौकाबिहार (डुङ्गा) पनि गर्न पाइन्छ ।

मेला उद्घाटन गर्दै सिँचाइ मन्त्री सञ्जय कुमार गौतमले देशमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेको बताउँदै आर्थिक क्रान्ति तथा समृद्धि अभियानको नेतृत्व महिलाहरुले गर्ने बेला आएको बताए। 
‘संस्कृति, धर्म, पर्यटन, कृषि, ऊर्जा, पशुपतिनाथ, गौतम बुद्धको देश भएर पनि नेपाल समृद्ध हुने बाटोमा अघि बढ्न किन सकिरहेको छैन?’ प्रश्न गर्दै मन्त्री गौतमले देशलाई समृद्ध बनाउने अभियानमा भूमिका खेल्न राजनीतिक नेतृत्व तयार रहनुपर्नेमा जोड दिए । 

निजी क्षेत्रसँगको सहकार्यमा सरकारले देशलाई आर्थिक समृद्धिको बाटोमा हिँडाउने उनले बताए। यस्तै मन्त्री गौतमले केन्द्र र प्रदेश निर्वाचन एकै दिनमा गर्नु उपयुक्त हुनेमा जोड दिए। उनले भने, ‘मधेसी दलसँग सरकारले छलफल गरिरहेको छ। संविधान संशोधन गरेर भए पनि यो संविधानलाई सर्वस्वीकार्य बनाउँदै कार्यान्वयन गर्नुपर्छ।’ 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति इंगित गर्दै मन्त्री गौतमले संविधान संशोधन प्रक्रिया रोक्दैमा कोही राष्ट्रवादी नहुने जिकिर गरे। उनले भने, ‘संविधान ढुङ्गाले लेखेको अक्षर होइन। यसलाई त संशोधन गर्दै सर्वस्वीकार्य बनाउँदै लानुपर्छ।’ संविधानअनुसार माघ सातभित्र तीन वटै चरणको निर्वाचन गरिसक्नुपर्ने भएकाले सोहीअनुसार निर्वाचन सकिने गौतमले बताए। 

कुन्दुरटार सिँचाइ आयोजना छिट्टै सञ्चालनमा ल्याउने, पालुङटार, छेवेटार, घ्याल्चोकलगायत खेतियोग्य भूमी सिंचाइका लागि नहरहरु निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री गौतमले बताए ।

सगरमाथा आरोही तथा महिला उद्यमी सम्मानित
तीज मेलाको अवसरमा सगरमाथा आरोही धार्चे गाउँपालिकाकी २३ वर्षीया नानीमाया गुरुङ, ढाका उद्यमी रुपा गुरुङ, सौदर्य कला व्यवसायी रिना गुरुङ, सिलाइकटाइ उद्यमी रोजिना श्रेष्ठलाई महिला उद्यमी विकास समितिले सम्मान गरेको छ। मन्त्री गौतमले उद्यमीहरुलाई दोसल्ला ओढाएर सम्मान गरे। 

महिला उद्यमी विकास समितिकी अध्यक्ष विष्णु मास्केको अध्यक्षतामा भएको मेला उद्घाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले महिलाहरुले उद्योगका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘महिलाहरु उपप्रमुख मात्रै होइन प्रमुख पनि बन्नुप¥यो। हस्तकलाका साथै उद्योगमा लगानी गर्नुहोस्।’

जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले आमा, दिदीबहिनीहरु पहिलेदेखि नै उद्यमी रहेको बताए। उनले भने, ‘पुरुषभन्दा महिलाहरु धेरै उद्यमी हुनुहुन्छ। राडीपाखी बुन्ने, डोको, नाम्लो बुन्ने काम महिलाहरुले गर्दै आएका छन् यो ठूलो उद्यम हो।’ 

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले देश केन्द्रीकृत प्रणालीबाट संघीय ढाँचामा अघि बढेको छ भन्दै महिलाहरुले राजनीतिका क्षेत्रका साथै उद्यमी बन्ने क्षेत्रमा पनि लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए। 

गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्यमीहरुलाई सहयोग पुग्ने खाले कार्यक्रम नगरपालिकाको कार्यालयतर्फबाट हुने प्रतिबद्धता जनाए। नपा क्षेत्रमा उद्योगमा लगानी वृद्धि गर्नुपर्ने पन्तको आग्रह छ। 

कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी, नेपाल पत्रकार महासंघ गोरखा शाखा अध्यक्ष किशोरजङ्ग थापा, समितिकी अध्यक्ष विष्णु मास्के, पूर्वअध्यक्ष देवु मास्केलगायतले मन्तब्य व्यक्त गरे भने कलाकार शोभा त्रिपाठीलगायतले तीज गीत गाएर दर्शकलाई मनोरञ्जन दिइन्। तीज मेला साउन ३० गतेसम्म चल्नेछ।

प्रकाशित २८ साउन २०७४, शनिबार | 2017-08-12 18:55:29
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः अर्का हुण्डी कारोबारी इम्तियाज अली पक्राउ

    तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान क्रममा अर्का हुण्डी कारोबारी डब्बु भनिने इम्तियाज अली पक्राउ परेका छन्।

  • नेपालमा वर्षिक १० लाख मेट्रिकटन धान आयात, सरकार भन्छ: भात मात्र खाना होइन

    नेपालको प्रमुख बाली धानको रोपार्इ सुरु भएसँगै नेपालमा धानसँग सम्बन्धित तितो तथ्यांक सार्वजनिक भएको छ। ९० प्रतिशतले नेपाली किसानले धान खेती गर्ने...

  • काठमाडौँमा रमाउँदै चिनियाँ पर्यटक

    नेपाल–चीन संयुक्त वक्तव्यः २० लाख पर्यटक भित्र्याउन चीनले काँध थाप्याे

    नेपालमा चिनियाँ पर्यटक पठाउन चीन सरकार सकारात्मक देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा नेपालको...

  • पर्यटन उद्योगमा दक्ष जनशक्तिको अभाव

    पर्यटकीय भाषामा ‘स्प्रिङ सिजन’ सकिनै लागेको छ। पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा युरोप/अमेरिकातिरका पर्यटकहरु फाट्टफुट्ट मात्र देखिन्छन्।...