एलजी सिने सर्कल अवार्ड २०७४ : 'जात्रा'ले मार्यो बाजी


Infocus



'एलजी सिने सर्कल अवार्ड २०७४' मा फिल्म 'जात्रा'ले बाजी मारेको छ। सोमबार राजधानीमा आयोजना भएको कार्यक्रममा फिल्म ‘जात्रा’ले विभिन्न ५ विधामा अवार्ड हात पारेको हो।

 एलजी सिने सर्कल अवार्ड २०७४ मा चलचित्र माइतीघरका अभिनेता सिपि लोहनी तथा अभिनेत्री माला सिन्हालाई विशेष सम्मान गरिएको थियो।

माइतीघरले नेपाली चलचित्र क्षेत्रको इतिहास बोकेको र नेपाली सिनेमालाई उचाईमा पुर्याएको भन्दै उक्त फिल्मको टिमलाई नै सम्मान गरिएको थियो। कार्यक्रममा माइतीघर फिल्मकी माला सिन्हा पनि उपस्थित थिइन्।

धेरै जसो विधामा मनोनयनमा परेको जात्राले उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सिनेमाटोग्राफरसहितका अवार्ड हात पारेको थियो। जात्राबाट निर्देशक प्रदीप भट्टराई, नायक बिपिन कार्की, नायिका वर्षा राउत उत्कृष्ट घोषित भए।

नेपाली चलचित्रको क्षेत्रमा द्वन्द्व निर्देशक भएर योगदान र्पुयाएबापत वरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

क‍-कसले पाए कुन कुन अवार्ड :

 १. उत्कृष्ट फिल्मः जात्रा

२. उत्कृष्ट निर्देशकः प्रदिप भट्टराइ(जात्रा)

३. उत्कृष्ट नायकः विपिन कार्की(जात्रा)

४. उत्कृष्ट नायिकाः बर्षा राउत(जात्रा)

५. उत्कृष्ट संगीतकारः कालिप्रसाद बाँस्कोटा (निर जहिले रिसाउने, पुरानो डुंगा)

६. उत्कृष्ट जोडीः माओत्से गुरुङ र मेनुका प्रधान(पुरानो डुंगा)

७.उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज(छक्का पन्जा)

८. उत्कृष्ट एक्सन संयोजकः हिमाल केसी(के म तिम्रो होइन र)

९. उत्कृष्ट पाश्र्व गायिकाः मिना निरौला(ठमेल बजार, लुट २)

१०. उत्कृष्ट पाश्र्व गायकः यूवराज चौलागाइ(पलाँस)

११. उत्कृष्ट पटकथाः प्रदिप भट्टराइ(जात्रा)

१२. उत्कृष्ट ध्वनी मिश्रणः शैलेस श्रेष्ठ( गाजलु)

१३. उत्कृष्ट सम्पादकः अर्जुन जीसी(विर विक्रम)

१४. उत्कृष्ट पपुलर अभिनेत्रीः प्रियंका कार्की(छक्का पन्जा)

१५. उत्कृष्ट पपुलर अभिनेताः दीपकराज गिरी(छक्का पन्जा)

१६. उत्कृष्ट कमेन्डेबल मुभि अफ द इयरः विजुली मेसिन (नविन अवाल)

१७. उत्कृष्ट हाइएस्ट ग्रसर फिल्म डिरेक्टर अफ द इयरः दीपाश्री निरौला(छक्का पन्जा)

१८. उत्कृष्ट भीएफएक्स अफ द इयरः सत्यम राना र सुदिप आचार्य(जय पर्शुराम)

१९. उत्कृष्ट पपुलर सङ अफ द इयरः कालिप्रसाद बाँस्कोटा, ठमेल बजार(लुट २)

२०. उत्कृष्ट स्टन्ट अफ द इयरः राजु तामाङ(जय पर्शुराम)

२१. उत्कष्ट ट्रेलर अफ द इयरः सुरेन्द्र पौडेल(लुट २)

२२. उत्कृष्ट पोष्टर अफ द इयरः सुन्दर श्रेष्ठ(छक्का पन्जा)

 

प्रकाशित २४ साउन २०७४, मंगलबार | 2017-08-08 13:51:05
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट उडेकाे एयर एशियाकाे जहाज

    २१ करोड नतिराई एयर एशिया भगाउने को हो?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीलाई एयर एशिया एक्सले काठमाडौं उडान रोक्दैछ भन्ने कुरा असोज अगाडि नै थाहा भइसकेको थियो।

  • प्रधानमन्त्रीको त्यो निर्देशन जसले एक निर्दाेष विद्यार्थीको भविष्य चौपट बनायो

    मंगलबार बिहान ९ बजे पूर्व एआईजी देवेन्द्र सुवेदीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टरार्इको ट्विटमा एउटा रिप्लाई दिए।

  • भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

    मोदीले गढ गुमाउँदाको क्षति कति ठूलो?

    सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)लाई ऐतिहासिक बहुमत दिलाउन राजस्थान, छत्तिसगढ र मध्यप्रदेशको भूमिका महत्वपूर्ण थियो।

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।