‘कुटुमा कुटु’ गीत युट्युवमा एक करोड हेरिएकोमा फिल्म ‘२ रुपैयाँ’ टिमले खुसीयाली मनाएको छ। एक कार्यक्रमकाे अायोजना गर्दै ‘२ रुपैयाँ’ टिमले सोमबार केक काटेर खुशीयाली मनाएको हो।
कार्यक्रममा गीतकार, संगीतकार तथा गायक राजनरान सिवाकोटी, गायक राजन इशान, निर्देशक असिम शाह, नायक तथा निर्माता आशिफ शाह, कोरियोग्राफर कविराज गहतराज, नायिका स्वस्तिमा खड्का लगायत सहभागी थिए। उनीहरुले गीत रुचाउने दर्शक तथा श्रोतालाई धन्यवाद प्रदान गरे।
करिब डेढ महिना अघि सार्वजनिक भएको ‘कुटुमा कुटु’ गीतले छोटो समयमा नै युट्युवमा एक करोडको भ्यु बनाएको हो। राजनराज शिवाकोटीको शब्द सङ्गीत रहेको गीतमा उनीबाहेक मेलिना राई र राजन ईशानको स्वर छ। भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत र बुद्धी तामाङ्गको रमाइलो अभिनयसहितको दृश्य समेटिको छ।
फिल्म ‘२ रुपैयाँ’ भदौ २३ मा सार्वजनिक हुदैँछ।
प्रकाशित २ साउन २०७४, सोमबार | 2017-07-17 19:31:52