माला लिम्बु अभिनित ‘भ्यालेन्टिनो’ गीत सार्वजनिक

user
गायक विनोद ढकाल र गायिका मीना सिंहको आवाज रहेको ‘भ्यालेन्टिनो’ गीतको भिडियो सार्वजनिक भएको छ। सोनाम पाख्रिनले निर्देशन रहेको गीतमा गायक विनोद ढकालले नै शब्द र संगीत दिएका छन्।

सार्वजनिक भिडियोमा माला लिम्बुको साथमा सुनिल श्रेष्ठको अभिनय पनि देख्न सकिन्छ। गीतलाई अनुराग ठकुरीले कोरियोग्राफ गरेका हुन् भने अमृत सुनुवारले छायांकन गरेका छन्।

प्रकाशित 2017-07-17 16:34:06