हास्यप्रधान फिल्म ‘लखपति माग्ने’मा कमल र निरुको जोडी



कमलमणि नेपाल र निरु खड्काको मुख्य भूमिकामा हास्यप्रधान फिल्म ‘लखपति माग्ने’ बन्ने भएको छ। सोमबार आयोजित एक कार्यक्रममा नेपालकै प्रथम नायिका भुवन चन्दले ‘लखपति माग्ने’को लोकार्पण गरिन्। हेटौडा मुभी मेकर्स टीम र ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले निर्माण गर्ने फिल्म सवनम मुखियाको लेखन/निर्देशन रहनेछ।

भदौ पहिलो सातादेखि फ्लोरमा जाने बताइएको ‘लखपति माग्ने’मा सन्तोष श्रेष्ठको सङ्गीत र शान्तिप्रियको गीत रहनेछ। निर्माता नरेन्द्र महर्जन तथा प्रकाशचन्द्र महर्जन फिल्मका निर्माता हुन्। यसै समारोहमा सबनमको निर्देशनमा बन्ने छोटो फिल्म जुभिनाइलका दुई गीत पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रममा ड्रिम वल्र्डले आफ्नो वार्षिकोत्सवको अवसर पारेर विभिन्न चलचित्रकर्मीलाई पुरस्कृत गर्ने समेत जानकारी गराइएको थियो। आफ्ना बाबु श्याम मुखिया एवं आमा सुनिता मुखियाको सम्मानमा श्याम–सुनिता चलचित्रकर्मी पुरस्कार स्थापना गरेको सवनमले बताइन्। ड्रिम वल्र्डको वार्षिकोत्सवको अवसर पारेर यो पुरस्कारको थालनी गरिनेछ।

 

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 19:47:47

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...