गायिका बियोन्से बनिन् जुम्ल्याहा सन्तानकी अामा


गायिका बियोन्से

अमेरिकी गायिका तथा अभिनेत्री बियोन्सेले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्। अमेरिकन मिडियाले उनी आमा बनेको खबर पुष्टि गरेको हो। बियोन्से र उनका र्‍यापर श्रीमान् जे–जेडले यसअघि छोरीलाई जन्म दिएका थिए, जो हाल पाँच वर्षकी छन्। बियोन्सेले यसपटक जन्म दिएका सन्तानको लिङ्गबारे भने यकिन समाचार आइसकेको छैन।

डेस्टिनीज चाइल्ड, इफ आइ वेयर अ व्वाय, क्रेजी इन लभ, स्वीट ड्रिम्स, डेन्जरसली इन लभ अादि आर एन्ड बी गायिका बियोन्सेका चर्चित गीत हुन्। उनले सङ्गीत क्षेत्रको ठूलो अवार्ड जितेकी मात्रै छैनिन्, ग्राम्मीमा सबैभन्दा बढी नोमिनेसनमा पर्ने गायिका पनि हुन् उनी। उनले गर्भवती हुँदा अनेक तस्बिर खिचाएकी थिइन् जसबारे  मिडियामा निकै चर्चा भएको थियो।

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 18:30:43

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...

  • खिम गन्धर्व

    उहिल्यै सारंगी लिएर चीनसम्म

    उनी पास भएर राज्यभिषेकमा सारंगी बजाउन दरबार त पुगे। तर खिमबहादुर गन्धर्व उसैगरी जिन्दगीका परीक्षाहरुमा सजिलै पास भएनन्। जीवनका थुप्रै परीक्षामा...