समाज

निर्वाचन प्रचारमा प्रयोग भएका तीन वटा मोटरसाईकलमा आगजनी

रसुवामा तीनवटा मोटरसाइकलमा आगजनी भएको छ। चुनाव प्रचारमा प्रयोग भएका मोटरसाईकलमा अज्ञात समूहले आगजनी गरेको हो ।

एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिंदा तीन जनाको मृत्यु

सुनसरीको इटहरी-धरान सडकखण्डमा एम्बुलेन्स र स्कुटर एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ।

मुक्त कमैया हवाई मैदानमा पक्की घर निर्माण गर्दै

धनगढीस्थित पुरानो हवाई मैदानको खाली जग्गा ओगटेर बसेका मुक्तकमैयाले जग्गाधनी प्रमाणपत्र नपाउँदै पक्की घर निर्माण गर्न थालेका छन्।

उम्मेदबारको गाडीमा बम विस्फोट

बारा सदरमुकाम कलैयामा पार्किङ गरिराखेको उम्मेदबारको वाडीमा बम विस्फोट भएको छ।

साहित्यकार कविताराम श्रेष्ठको निधन

साहित्यकार डा. कविताराम श्रेष्ठको आइतबार बेलायतमा निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठको बेलायतको वर्किगंस्थित सेन्ट पिटर अस्पतालमा आइतबार निधन भएको हो।

प्रकाशको प्रस्थानः नर्भिकदेखि आर्यघाटसम्म

प्रचण्डले चिकित्सकसँग छोराको मृत्युका विषयमा सामान्य जानकारी लिएपछि प्रकाशको पार्थिव शरीरलाई एम्बुलेन्समा राखेर माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा लगियो। पेरिसडाँडामा छोरालाई पार्टी झण्डा ओढाउँदा प्रचण्ड भक्कानिएर रोएका थिए। पार्टी अध्यक्षको...

अफगानिस्तानका बालबालिकाको स्वास्थ्य र शिक्षालाई लिएर युनिसेफद्वारा चिन्ता व्यक्ति

अफगानिस्तानका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको अवस्थाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय एजेन्सी, युनिसेफले चिन्ता व्यक्त गरेको छ।

नातिहरुको ब्रतबन्ध नभएकाले प्रचण्ड आफैले दिए प्रकाशलाई दागबत्ती

दुई नातीहरूको ब्रतबन्ध नभएको अवस्थामा पुष्पकमल दाहाल प्रचण्ड आफैले छोरा प्रकाश दाहालको पार्थिव शरीरमा दागबत्ती दिएका छन्।

माग सम्बोधन भएपछि बूढीगण्डकी प्रभावित मतदान गर्न सहमत

बूढीगण्डकी प्रभावित आफ्नो माग सम्बोधन नभएसम्म नो भोट भनेर बसेका अवस्थामा अब जलविद्युत् परियोजना निर्माणसँगै उचित मुआब्जा र क्षतिपूर्ति दिनेलाई भोट दिन सहमत भएका छन्।

दाहालको दाहसंस्कार ४ बजे

पेरिसडाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलका पुत्र प्रकाश दाहालको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रम जारी छ।

अपाङ्ग उत्थान समाजको अध्यक्षमा पौडेल निर्वाचित

नेपाल अपाङ्ग उत्थान समाज पर्वतको अध्यक्षमा किशोर शर्मा पौडेल निर्वाचित भएका छन्। समाजको १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित भएका हुन।

मेलम्ची पानी प्रशोधन केन्द्रको परीक्षण सफल, वैशाखसम्ममा पानी काठमाडौं आइपुग्ने

मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्न निर्माण गरेको सबैभन्दा ठूलो पानी प्रशोधन केन्द्रको परीक्षण सफल भएको जनाएको छ।

४४ व्यक्तिसहित तीन दिनदेखि हराइरहेको अर्जेन्टिनी पन्डुब्बी अझै भेटिएन

तीन दिनदेखि हराइरहेको अर्जेन्टिनी पन्डुब्बी खोज्न सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोत परिचालन गरिएको त्यहाँका राष्ट्रपति मौरिसियो म्याक्रीले जनाएका छन्। सान जुआन नामक ४४ चालक दल रहेको पण्डुब्बी दिनदेखि सम्पर्कबाहिर रहेको जनाइएको छ।

बढी बाँच्न चाहनुहुन्छ? कुकुर पाल्नुहोस्

कुकुरलाई मानिसको उत्तम साथी भनिन्छ। यो तपाईंको शारीरिक गतिविधि बढाउन सहयोगी पनि बन्न सक्छ। तर एक नयाँ अध्ययनले कुकुर पाल्दा मुटुरोग र मृत्युको जोखिम समेत कम हुनसक्ने बताएको छ।

लमजुङ सदरमुकाम बेँसीशहरमा बम भेटियो

शान्तिपूर्ण चुनावी अभियान चलिरहेको जिल्लामा शनिबार सदरमुकाम बेँसीशहरमै बम फेला परेको छ । बेँसीशहर–८, अस्पताल चोकमा फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ।

कञ्चनपुरमा जंगली हात्तीको आतंक, शिविरका बासिन्दा त्रसित

जंगली हात्तीको आतंकबाट बच्न निकुञ्ज विस्थापित तारापुर शिविरका बासिन्दा अन्न, बालबालिका र ज्येष्ठ नागरिकलाई छिमेकी गाउँमा सार्न बाध्य भएका छन्।

सत्र किलो सुनसहित एक पक्राउ

अवैध तरिकाले चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको सुनसहित शनिबार बिहान एक युवकलाई सीमा प्रहरीचौकी टिमुरेले पक्राउ गरेको छ।

पाइलटले आकाशमा लिंगको आकृति बनाएपछि अमेरिकी नौसेनाले माग्यो माफी

अमेरिकी नौसेनाका एक पाइलटले तालिमको बेला आकाशमा लिंगको आकृति बनाएपछि नौसेनाका चर्को आलोचना भएको छ। पाइलटको यस्तो हर्कतपछि अमेरिकी नौसेनाले माफी मागेको छ।

सबै प्रदेशका अस्पतालमा अब कम्तिमा एउटा भेन्टिलेटर

स्वास्थ्य सेवा विभागले चिकित्सा विधाको अत्यन्त महँगो तथा संवेदनशील उपचारका लागि अतिआवश्यक १४ वटा भेन्टिलेटर एकै पटक खरिद गर्ने भएको छ ।

गुटखाजन्य पदार्थको रोकथामका लागि हस्ताक्षर अभियान

‘हमर प्रतिज्ञा सभक सरोकार, खैनी गुटखामुक्त परिवार, युवा समर्पित स्थानीय सरकार’ भन्ने नारासहित सप्तरी युथ नेपालले गुटखाजन्य पदार्थको बिक्री र प्रयोगविरुद्व शुक्रबारबाट राजविराजमा हस्ताक्षर अभियान प्रारम्भ गरेको छ।

आठराई गाउँपालिकाको बजेट ३२ करोड

तेह्रथुमको आठराई गाउँपालिकाले आर्थिक वर्ष २०७४-७५ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

खानेपानी योजना बन्ने भएपछि चेपाङ समुदाय खुशी

धादिङको गजुरी-६ स्यामैडाँडाको चेपाङ गाउँमा खानेपानी योजना निर्माण शुरु भएको छ ।

८६ लाख ठगी रकमसहित छ जना पक्राउ

सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एक जना भारतीयसहित छ जनालाई ८६ लाख रुपैयाँसहित विराटनगरबाट पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई प्रहरीले नगदसहित शुक्रबार साँझ सार्वजनिक गरेको छ।

खेम थपलियासहित तीन जना साहित्यकार गिरफ्तार

प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जना साहित्यकारलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ।

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा मंसिर मसान्तभित्र इन्जिनियर खटाइने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित सबै जिल्लाका प्रत्येक वडामा इन्जिनियर परिचालन गर्ने भएको छ।

चोरीका दुई मोटरसाइकलसहित एक पक्राउ

महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।

केवल टिभीमा एनालग प्रविधि विस्थापित गर्न व्यवसायीले मागे थप समय, मन्त्रालयमा छलफल

सरकारलार्इ नेपाल केवल टिभी व्यवसायी महासंघ र नेपाल केवल टिभी महासंले संयुक्त ज्ञापनपत्र बुझाउँदै एनालग प्रविधि विस्तापित गर्नको लागि समय माग गरेका छन्।

झापामा माइक्रो बसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा शुक्रबार भएको सवारी दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।