समाज

स्क्रब टाइफसले ६ जनाको ज्यान लियो

गत वैशाखदेखि हालसम्म स्क्रब टाइफस रोगका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ। करिब ६ महिनाको अवधिमा ३२ जिल्लाका दुई सय २२ जनामा स्क्रब टाइफस देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

न घर रह्यो, न त घरमूली

म्याग्दीको बेगखोला–६ की टमायाँ सिञ्जालीको आँखा अझै ओभाएका छैनन्। गत भदौ १७ गते राति बेगखोलमा आएको बाढीले घरसँगै आफ्ना श्रीमान् पूर्णप्रसादलाई बगाएपछि उनीहरु अहिले सहाराविहीन बनेका छन्।

रहेनन् दाजिर्लिङका साहित्यकार दान खालिङ

भारतीय नेपाली साहित्यकार दान खालिङको सोमबार ८९ वर्षको उमेरमा सिलिगुडीमा निधन भएको छ।

बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई ३५ वर्ष जेल

बालिका बलात्कारपछि हत्याको अभियोगमा कलैया–८, बाराका अरविन्दलाल दास (२८)लाई ३५ वर्ष जेल सजायको फैसला सुनाइएको छ।

पाठ्यपुस्तक छाप्नुअघि भाषा सच्याउनु पर्ने दबाब छ : मन्त्री पौडेल

शिक्षामन्त्री धनीराम पौडेलले पाठ्यपुस्तक छाप्नुअघि नै भाषा सच्याउनु पर्ने दबाबमा आफु रहेको बताएका छन् । अहिले भइरहेको भाषा बहसले सकारात्मक निष्कर्षमा पुग्न सहयोग पुग्ने उल्लेख गर्दै मन्त्री पौडेलले यसबारे आफुले अध्ययन गरिरहेको बताए।

काठमाडौँमा एक सयभन्दा बढीमा हैजा भएको पुष्टि

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हैजाको सङ्क्रमण बढेपछि १३७ जनामा सङ्क्रमणको पुष्टि भएको छ।

उपत्यकामा चिकित्सक सङ्घको आज चुनाव

नेपाल चिकित्सक सङ्घको उपत्यकाभित्रको चुनाव आज हुँदैछ। आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि सङ्घको चुनाव उपत्यका र जिल्ला गरी दुई चरणमा हुने तालिकाअनुसार आजदेखि २५ गतेसम्म दोस्रो चरणको चुनाव हुन लागेको हो।

कर्णालीमा बग्ने करोडौं मूल्यको काठमा भारतीय ठेक्का

नेपालीभुमि बर्दियाबाट वर्षायाममा हरेक वर्ष कानुनी अड्चनले गर्दा कर्णाली र बबई नदीबाट भारततर्फ बगेका करोडौँको रुपैयाँ मुल्यका काठ रोक्न सकिएको छैन।

त्रिशुलीमा फेरि ट्रक खस्यो, दुईको मृत्यु

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक आज बिहान ३:४५ बजे पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट त्रिशूलीमा खस्दा दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण

शान्तिसुरक्षाका लागि ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ। दाङको भालुवाङ इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक भागवत बस्नेतलाई लालमटिया–८ बागढङीमा स्थानीय युवाको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

प्रियंका र पारस मेगा बैंकको सेभिङ स्टार

मेगा बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र अभिनेत्री प्रियंका कार्कीलाई मेगा सेभिङ स्टार नियुक्त गरेको छ।

सामुदायिकमा कास्कीको शितलादेवी र निजीमा ललितपुरको जेम्स स्कुल वर्षकै उत्कृष्ट

सरकारले यस वर्षको ३७औँ राष्ट्रिय शिक्षा दिवसमा पुरस्कृत हुने निजी तथा सामुदायिक विद्यालयको सूची सार्वजनिक गरेको छ। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार सामुदायिक विद्यालयतर्फ कास्कीको शितलादेवी सामुदायिक विद्यालयले राष्ट्रिय सिल्ड, ध्वजा,...

प्रधानमन्त्रीको आदेशमा घाइतेको उद्दार

भेरीमालिका नगरपालिका–४ शान्ति चौतारामा लोकेन्द्र शाहीको घरमा रहेको सङ्गीता होटलमा आगलागी हुँदा घाइते भएका चारजनाको सोमबार अपरान्ह उद्धार गरिएको छ।

७ जनाको हत्या आरोपी कुख्यात भारतीय अपराधी पक्राउ

‘सिरियल किलर’को रुपमा चिनिने भारतीय कुख्यात अपराधी मुस्तकिम भनिने रइस मियाँलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। मियाँले सप्तरीमा चार र सुनसरीमा एकै परिवारका तीनजना गरी सात जनाको हत्या गरेको आरोप प्रहरीको छ।

भ्यागुत्ते रोगको भ्याक्सिन ल्याइयो

सरकारले भ्यागुते रोगविरुद्धको औषधि ‘डिप्थेरिया एन्टी टक्सिन’ ५० भाइल नेपाल ल्याएको छ।

पाँच दिनपछि खुल्यो पूर्वाञ्चल विश्वविद्यालयमा लागेको ताला

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका १७ क्याम्पसमा पाँच दिनदेखि लगाइएको ताला खुलेको छ। विश्वविद्यालयका उपकुलपति प्राडा घनश्यामलाल दास र अनेरास्ववियुका अध्यक्ष नवीना लामाबीच सोमबार विश्वविद्यालयको शैक्षिक वातावरण सुधार गर्ने पक्षमा १५ बुँदे सहमति...

पूर्व आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ता पक्राउ

पूर्व आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ता जबरजस्ती रकम असुली अभियोगमा ललितपुरबाट पक्राउ परेका छन्। गुप्तालाई म्याद थप गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

नीति बनाएर पुनःनिर्माणको कामलाई गति दिइने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले नयाँ नीति बनाएर पुनःनिर्माणको कामलाई तीव्रता दिइने बताएका छन्।

थप नौ महिना पदमा बस्न भावी प्रधानन्यायाधीशको प्रतिलिपि नागरिकता

प्रधानन्यायाधीशको रोलक्रममा रहेका सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले सेवा प्रवेशताका भन्दा फरक विवरण उल्लेख भएको नागरिकताको प्रतिलिपि न्यायपरिषद्मा पेश गरेका छन् । ५८ दिन प्रधानन्यायाधीश हुने पराजुली यो प्रतिलिपिले मान्यता पाए थप ८ महीना...

काभ्रेपलाञ्चोकमा तीनसय ५० प्रजातिका जडीबुटी भेटियो

काभ्रेपलाञ्चोक जिल्लाको राष्ट्रिय तथा सामुदायिक वनमा भेटिएका ३५० प्रजातिका जडीबुटी भेटिएको छ। तीमध्ये १० प्रजातिका जडीबुटी मात्रै काभ्रेपलाञ्चोक जिल्ला वन कार्यालयले निकासीका लागि इजाजत दिइएको छ।

शैक्षिक कार्य सम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोक पहिलो

मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाले गरेको जिल्ला शिक्षा कार्यालयहरुको कार्य सम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोक जिल्ला प्रथम भएको छ।

चन्द हत्याको चुरो खै?

अहिलेसम्म प्रहरीले दिवाकर चन्द हत्या प्रकरणमा एक सय जनाभन्दा बढि व्यक्तिसँग सोधपुछ गरिसकेको छ। तर, त्यो हत्या किन र कसले गर्यो भन्ने गुत्थी भने प्रहरीले पहिल्याउन सकेको छैन।

भक्तपुरमा सवारी दुर्घटना, दुई जना घाइते

भक्तपुरको नयाँ ठिमीस्थित राधेराधेमा मालबहाक ट्रिपर र टाटा मोबाइल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

जमिन चिरा परेपछि स्थानीयवासी त्रसित

म्याग्दीको बेगखोला–१ बाँसबोटमा जमिन चर्किएर पहिरो जान थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। बस्तीदेखि माथिबाट पहिरो खस्न थालेपछि बाँसबोट र लिस्नेका स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेका छन्।

पोखरामा जमिन भासिँदा दुई घर जोखिममा

पोखराको मुख्य बजार चिप्लेढुङा पन्थिगल्लीस्थित सर्वेश्वरमार्गमा जमिन भासिँदा दुई घर जोखिममा परेका छन्।

विद्यालय छोडेर माछा मार्न जान्छन् विद्यार्थी

जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन्।

चन्द्रमामा पाइला टेकेका अल्ड्रिन नेपालमा

चन्द्रमामा पहिलो पटक पाइला टेकेका अमेरिकी नागरिक बज अल्ड्रिन काठमाडौं आइपुगेका छन्। उनले नेपाल आउनु अघि अमेरिकाबाट ट्वीट गर्दै कहिल्यै नपुगेको देश जाँदैछु भनेका थिए।

मदर टेरेसालार्इ क्रिश्चियन सन्तको उपाधि दिइयो

भारतको कोलकत्तामा गरिव दुःखीहरुलाई सहयोग गर्ने भिक्षु मदर टेरेसालाई भ्याटिकन सिटीमा आईतवार आयोजित क्रिश्चियन समारोहमा सन्त घोषणा गरिएको छ।

अदालतमा दोभासेको व्यवस्था

सेवाग्राहीको सुविधाका लागि जिल्ला अदालत सोलुखुम्बुमा पहिलोपटक दोभासे राखिएको छ। भाषाकै कारण सर्वसाधारणले सजिलै न्याय पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले दोभासे व्यवस्था गरिएको जिल्ला अदालत सोलुखुम्बुले जनाएको छ।

निलसँगै चन्द्रमा पुगेका बजले ट्वीट गर्दै भने, कहिल्यै नपुगेको देश नेपाल जाँदैछु

निल आर्मस्ट्रङसँगै पहिलो पटक चन्द्रमामा पुगेका बज एल्ड्रिन आज राती नेपाल आउँदै छन्। अमेरिकाबाट उड्नुअघि उनले कहिल्यै नपुगेको देश जाँदैछु भनेर ट्वीट गरेका छन्। ८६ वर्षीय बज एभरेस्ट साइन्स सेन्टरको आमन्त्रणमा नेपाल आउन लागेका हुन्। उनी २४ गतेसम्म...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।