समाज

काष्ठमण्डप पुनःनिर्माण किचलोमा फस्यो

काष्ठमण्डप पुनःनिर्माणको नेतृत्व महानगरले गर्ने कि काष्ठमण्डप पुनःनिर्माण अभियान समितिले गर्ने भन्ने विवाद चर्किएको छ। काठमाडौं महानगरपालिकाले आफ्नो नेतृत्वमा काष्ठमण्डप पुनःनिर्माण हुनुपर्छ भनेपछि विवाद चुलिएको हो।

इन्काउन्टरमा मारिएका प्रविणका बाबुको प्रश्नः घरभित्र पसेर मार्ने अधिकार कस्ले दियो?

मृतकका आफन्तले पनि प्रहरीले अपराधी नै भएपनि पक्राउ गरेर सजाय दिनु पर्नेमा गोली हानेर मारेको आरोप लगाएका छन्। उनीहरुले आक्रोशित हुँदै भनेका छन्,‘मान्छे मार्न भएन। मान्छेलाई कुकुर बिरालो मारेजस्तो गरी मार्न पाइँदैन।’

इन्काउन्टर पछिको चर्चाः यस्तो छ लागुऔषध धन्दाको नेपाल ‘कनेक्सन’

ललितपुरको कुसुन्तीमा लागुऔषध ‘डिलर’ प्रविन खत्रीको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि फेरि एक पटक काठमाडौंमा लागुऔषधको अवैध धन्दा चर्चामा आएको छ। प्रहरीले उपत्यकामा लागुऔषधका धन्दावाललाई इन्काउन्टर गरेको यो पहिलो पटक हो।

यी तीन एसएसपी जसले उपत्यकामा इन्काउन्टर गरे

गुन्डा नाइके ‘चरी’ र घैटेको इन्काउन्टर भएपछिको यो तेस्रो घटना हो, ललितपुरको कुसुन्तीमा खत्रीमाथि गरिएको इन्काउन्टर। खत्री लागुऔषध कारोबारीका डिलर रहेको प्रहरीले दाबी गरेको छ।

जीर्णोद्धारको अन्तिम चरणमा मनकामना मन्दिर

भूकम्पपछि जगैदेखि भत्काएर जीर्णोद्धार भइरहेको प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठका अनुसार दुई वटा छाना रहने मन्दिरको माथिल्लो छाना छाउने काम...

मकै उत्पादन दोब्बर भएपछि किसान उत्साहित

उन्नत जातको बीउबाट मकै उत्पादन दोब्बर वृद्धि भएपछि किसान उत्साहित बनेका छन्। उत्पादन वृद्धि भएकै कारण उनीहरु उन्नत बीउप्रति आकर्षित भएका छन्।

निजी कलेजलाई सम्बन्धन दिन लागेको भन्दै रामपुर क्याम्पसका विद्यार्थी आन्दोलनमा

विद्यार्थीको आन्दोलनका कारण केही वर्षअघिमात्रै स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै क्रियाकलाप ठप्प भएको छ। निजी क्याम्पसलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि कलेजका सबै काम प्रभावित भएका हुन्।

सुनसरीको इनरुवामा गाडीको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

सुनसरीको इनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा रहेको पेट्रोल पम्प अगाडि निजी कारले पैदल यात्रीलाई ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ।

चितवनमा स्क्रब टाइफसबाट एकको मृत्यु, स्वाइनफ्लुका १०० बिरामी भेटिए

चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो।

दक्षिण कोरियामा गुल्मीका एक युवाको कार्यस्थल दुर्घटनामा मृत्यु

दक्षिण कोरियामा कार्यस्थल दुर्घटनामा परी एक नेपाली युवाको ज्यान गएको छ। गुल्मी वाग्ला–७, अज्मिरका अन्दाजी ३१ वर्षीय विष्णु घिमिरेको कार्यस्थल दुर्घटनामा ज्यान गएको हो।

शोकाकुल गरुडा गाउँमा चुल्हो बलेन

सडक बनाउँदा छेउमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एउटा परिवारका चारजना बालिकाले ज्यान गुमाएपछि रौतहटको गरुडा शोकमग्न बनेको छ।

उत्तरी अफगानिस्तानमा महिला तथा बालबालिकासहित ५० को हत्या

उत्तरी अफगानिस्तानको सार–ए–पोल प्रान्तमा बन्दुकधारीहरुले महिला तथा बालबालिकासहित करिब ५० व्यक्तिको हत्या गरेका छन्। बन्दुकधारीहरुले मिर्जा ओलाङ क्षेत्रमा आम मानिसमाथि आन्धधुन्ध गोली चलाएका थिए।

भूकम्पले ध्वस्त गोरखाका ४३ स्वास्थ्य चौकी भवन पुनःनिर्माण

राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूले ‘गोरखा भूकम्प’बाट क्षति पुगेका गोरखाका विभिन्न गाउँका स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिदिएका छन्। यी भवनहरू अर्धपक्की हुन्। भारतीय सरकारको अनुदान सहयोगमा पक्की भवनहरूको निर्माण प्रक्रिया छिट्टै...

रसुवाको पैरेबेशीमा पहिरो, एकै परिवारका चारजना बेपत्ता

अविरल वर्षासँगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका चारजना हराइरहेका छन् भने घाइते अवस्थामा चार जनालाई उद्धार गरिएको छ।

काठमाडौं महानगरकाे बजेट: गाडी किन्न ७ करोड, तलबभत्ता र पोशाकमा झण्डै ६ करोड

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७४–७५ को बजेटमा महानगरपालिकाले सवारी साधन खरिद शीर्षकमा ७ करोड रुपैयाँ पनि बिनियोजन गरेको छ।

भदौ महिनाभित्र भूकम्प प्रभावित जिल्लामा पुनः सर्वेक्षण गरिसक्ने

भुकम्प प्रभावित जिल्लामा छुट सर्वेक्षण तथा पुनः जाँच कार्यक्रम पुनः सञ्चालन हुने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा केन्द्रीय तथ्यांक विभागसँगको सहकार्यमा सर्वेक्षणको स्थलगत तथ्यांक सकंलन कार्य सुरु हुने भएको हो।

चार दिनदेखि सन्देश थापा बेखवर

१५ वर्षीय सन्देश थापा चार दिनदेखि बेपत्ता भएका छन्। ललितपुरको कुमारीपाटी बस्ने सन्देश गत १९ गतेबाट सम्पर्कविहिन भएका हुन्।

बाढीले डोल्पाका दर्जन काठेपुलसहित झोलुंगे पुल बगायो

विभिन्न स्थानमा आएको बाढीले उपल्लो डोल्पाका विभिन्न स्थानलाई जोड्ने काठेपुल र झोलुंगे पुल बगाएपछि आवतजावत गर्न समस्या उत्पन्न भएको छ।

किन हुन्छ पटकपटक अनसन र पटकपटक धोका?

गोविन्द केसीका मागप्रति प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुदार बन्दै आएको छ। एमाले दशौं अनसन तोड्ने समयमा डा. केसीसँग गरिएको मनमोहन मेमोरियल कलेजबारेको सम्झौताबाट समेत पछि फर्कन चाहन्छ। मनमोहन मेमोरियलको भौतिक संरचना वीर अस्पतालले खरिद गर्ने साथै...

१२ विद्यालयले पाए भूकम्प प्रतिरोधी नयाँ भवन

उद्घाटन समारोहमा सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेत, प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्पेन कोपेन्स, नेपालस्थित अस्ट्रेलियाली राजदूत पिटर बड लगायतको उपस्थिति थियो।

चार वालिकाको शवसहित प्रदर्शन

निर्माणाधिन सडकको खाल्डोमा परेर मृत्यु भएका चार बालिकाहरुका आफन्तले रौतहटमा मृतकको शवसहित प्रदर्शन गरेका छन्।

तीर्थयात्रा हिँडेका वडाध्यक्षको लेक लागेर मृत्यु

बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा शनिबार राति अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको मृत्यु भएको छ।

प्लान इन्टरनेशनलले बनाइदियो भूकम्पबाट क्षतिग्रस्त १२ विद्यालयका लागि भवन

बालबालिकाको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था प्लान इन्टरनेशनल नेपालले भूकम्पले क्षति पुर्‍याएका १२ वटा विद्यालय भवन निर्माण गरिदिएको छ। प्लान इन्टरनेशनलले काठमाडौंको गोकर्ण माध्यमिक विद्यालयसहित ६ जिल्लामा १२ वटा विद्यालय निर्माण...

कार्बनअक्साइडको प्रभावले खानामा प्रोटिन घटिरहेछ

विश्व तापमान वृद्धिसँगै कार्बन डाइअक्साइडको बढ्दो प्रभावका कारण दैनिक उपभोग्य चामल, गहुँजस्ता कृषि उत्पादनमा पाइने प्रोटिनको मात्रामा पनि कमी आउने अनुसन्धानले जनाएको छ। यसैहप्ता सार्वजनिक एक अध्ययन प्रतिवेदनले खाद्यान्न प्रयोगका दृष्टिले...

साथीकै छोरा अपहरण गर्ने राजु प्रहरीद्वारा पक्राउ

आफ्नै साथीको छोरा अपहरण गरेर फिरौती माग्ने राजु विकलाई प्रहरीले पक्राउ गरेको छ। साथीकै छोरा अपहरण गरी ५० हजार फिरौती माग्ने राजुलाई प्रहरीलले शनिबार पक्राउ गरेको हो। राजु नै उक्त अपहरणको योजनाकार रहेका थिए।

उपत्यकाको सवारी जामबारे एम्बुलेन्स चालकका पीडाः सम्झदा पनि दिक्क लाग्छ

‘अहो! यो सहरको सवारी जामको कुरा नगरौं, जामकै कारण एक वर्षअगाडि एक जना बिरामीको मृत्यु नै भएको छ। अलि छिटो बिरामीलाई अस्पताल पुर्याउन सकेको भए, आज उनी यो संसारमा हुन्थे होला,’ एम्बुलेन्स चालक सहदेव राउतले व्यक्त गरेको दिग्दारी हो यो। विगत ११...

रौतहटको सडकले निल्यो चार बालिका

रौटहटको गरुडा नगरपालिका ४ मा सडकमा जमेको पानीमा डुवेर ४ बालिकाको मृत्यु भएको छ। एक बालिका बेपत्ता भएकी छिन्। शनिबार दिउँसो निर्माणको क्रममा दुर्गा निर्माण सेवाले खनेको अव्यवस्थित खाल्डोमा जमेको पानीमा डुबेर ४ बालिकाको मृत्यु भएको हो।

बेपत्ता दुई मृत अवस्थामा फेला

नवलपरासीमा बाढीका कारण घोलमा डुबेर बेपत्ता भएका एक बालकसहित दुई जना शनिबार मृत अवस्थामा फेला परेका छन्।
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।