समाज

डा. गोविन्द केसी र सरकारी प्रतिनिधिबीच ४ बुँदे सहमति

आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसी र सरकारका प्रतिनिधिबीच ४ बुँदे सहमति भएको छ। अनशन बसेको १५औँ दिनमा सरकारी प्रतिनिधि र डाक्टर केसीबीच सहमति जुटेको हो। यस्ता छन् सहमतिका ४ बुँदा:

सप्तरीमा बाढीबाट दुई हजार घर डुबान

शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाका खोलानालामा आएको बाढीले करिब दुई हजार भन्दा बढी घर डुबानमा परेका छन्।

अख्तियारको छानबिनमा परेका १८ फरार डाक्टर सम्पर्कमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि परेका झापाका १९ चिकित्सकमा १८ जना जिल्ला प्रशासन कार्यालय झापाको सम्पर्कमा आएका छन्।

वर्षाले मोरङमा तीन सय परिवार विस्थापित

एक सातादेखि भइरहेको निरन्तर वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ३ सय परिवार विस्थापित भएका छन्।

काठमाडौँमा एक वर्षमा सवारी दुर्घटनामा १६६ जनाको मृत्यु

मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा तीन सय परिवार विस्थापित भएका छन्। शनिबार रातिदेखि आइतबार बिहान ९ बजेसम्मको अवधिमा अत्याधिक वर्षा भएपछि मोरङमा व्यापक रूपमा क्षति भएको छ।

सत्याग्रहको सम्मान गर्दै केसीका माग सम्बोधन गर

सत्याग्रहको अर्थ विशाल छ, लोकतन्त्रमा त्यसको जगेर्ना मात्र होइन सम्मान हुन जरुरी छ। आत्मैदेखिको सम्मान। सत्ता र शक्तिको हिसाब–किताब आफ्नै ठाउँमा हुँदै गर्ला, तर सत्याग्रही डाक्टर गोविन्द केसीको मागलाई जुनसुकै मोडमा पनि सम्बोधन गरिनु पर्छ । र, उनको...

सिरहा कारागारमा क्षमताभन्दा दोब्बर कैदी

सिरहा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी कोचाकोच गरी राखिएपछि समस्या थपिएको छ।

बाढीबाट झापा डुबानमा

अविरल वर्षाका कारण भद्रपुर नगरपालिका वडा नं ५ का १२५ घरपरिवार डुबानमा परेका छन्। जोखिममा परेका ती घरपरिवारको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आइतबार बिहानैदेखि उद्धार कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

म्याग्दीमा पाँच घन्टाको बाटो ४५ मिनेटमा छोटियो

म्याग्दीको बैसरीस्थित कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि पाँच घन्टा पैदल हिँड्नुपर्ने बाटो ४५ मिनेटमै छोटिएको छ। राम्चे–९ र भगवती–२ को सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि हिस्तानको ७, ८ र ९ मा पर्ने औला र...

चीनको हेवेईमा आँधीका कारण एक सय पाँचको मृत्यु, एक सय चार बेपत्ता

चीनको हेवेइमा मुसलधारे वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार अपरान्ह्सम्म १०५ पुगेको छ भने १०४ जना हराइरहेका त्यहाँको प्रान्तीय नागरिक मामिला विभागले जनाएको छ।

भूकम्पले बत्तीस प्रतिशतलाई उदासीन बनायो

गत वर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ३२ प्रतिशत व्यक्तिमा उदासीनताको समस्या देखिएको एक अनुसन्धानले देखाएको छ। बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल र इन्टरनेसनल मेडिकल कोरले काठमाडौँ, सिन्धुपाल्चोक र गोरखा जिल्लामा गरेको अनुसन्धानले उक्त...

सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण हुने

स्वास्थ्य मन्त्री रामजनम चौधरीले केही दिनमै सिभिल अस्पतालबाट बोनम्यारो प्रत्यारोपण सुरु गर्न लागिएको बताएका छन्।

प्रहरीले बनायो बाढीले बिगारेको तातोपानीको बाटो

सिन्धुपाल्चोकको भोटेकोसी नदीमा करिब तीन साताअघि आएको बाढीले कटान गरी क्षतविक्षत तुल्याई पैदल हिँड्नसमेत असुविधा हुँदै आएको तातोपानीमा प्रहरीद्वारा बाटो मर्मत गरिएको छ।

भ्याली र डाफोडिलको जित

प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ भ्याली पब्लिक ‘बी’ र डाफोडिलले जित दर्ता गरेका छन्।

नारायणी नदीमा ठूलो बाढी, सतर्कता अपनाउन आग्रह

लगातार परेको पानीसँगै नवलपरासीको नारायणी नदीमा बाढी आएको छ । नारायणी नदीमा पछिल्लो पटक गरिएको मापन अनुसार पानीको सतह ७ दशमलव ५ मि पुगेको छ।

आफ्नै चौतारीमा गोरखा स्मृति पार्कका कुरा

धरानको भावी वैभवको पर्याय गोरखा स्मृति पार्कका परिकल्पनाकार रमेश राईको मन यतिबेला खुशीको पिङमा मच्चिइरहेको छ । केही दुख्ख त आफ्नो ठाउँमा छदैं छन्, उनले पार्क र धराने लाहुरेको यो साक्षी निर्माणको कथा यसरी सुनाए ।

इलाममा दर्जनबढी पुल निर्माण कार्य अलपत्र

निर्माण व्यवसायीको ढिलासुस्ती र बेवास्ताका कारण इलामका एक दर्जनभन्दा बढी पुल अलपत्र परेका छन् । जिल्ला विकास समिति मार्फत निर्माण भइरहेका तीनवटा पुलको गलत डिजाइनका कारण र पूर्वाञ्चल डिभिजन सडक कार्यालय माफर्त निर्माण चरणमा रहेका दर्जन भन्दा बढी...

गोरखामा परकम्प

गोरखाको अश्राङ केन्द्रविन्दु भएर आज बिहान ११ बजेर ५९ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको छ ।

मुगुका जिशिअमाथि हातपात

मुगुका जिल्ला शिक्षा अधिकारी जवारहलाल हमालमाथि गएराति शुक्रबार हातपात भएको छ ।

पहिरोका कारण मुग्लिन सडक अवरुद्ध

कालीखोलामा खसेको ठूलो पहिरोका कारण चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अहिले सडक पूर्ण अवरुद्ध भएको छ ।

पहिरोका कारण गाउँ उच्च जोखिममा

सोलुखुम्बुको छेस्काम–७ पोपुलुङमा एउटा गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ ।

शल्यक्रियामार्फत बच्चा जन्माउने बढे

नेपालमा शल्यक्रिया अर्थात् ‘सिजेरियन सेक्सन’ गरी बच्चा जन्माउने प्रचलन बढेको छ। धेरै गर्भवती सुत्केरी हुँदा प्राकृतिक रुपमा नभई शल्यक्रियामार्फत बच्चा जन्माउन चाहने बढेको तथ्याङ्कले देखाएको हो।

जुफाल विमानस्थल सुचारु नहुँदा दैनिक उपभोग्य सामानको अभाव

जुफाल विमानस्थल बन्द भएपछि एक सातादेखि यहाँको हवाईयातायात ठप्प भएको छ।

‘आसै आसमा जङ्गलको बास’

विसं २०६५ मा दोदा नदीमा आएको बाढीले घरखेत बगाएपछि २० वर्षीया सुशीला चौधरीले परिवार गाउँ नजिकैको सोभाताल बाढीपीडित बस्तीमा सारिन।

गुम्बा पुनर्निर्माण गर्न बजेटको खोजी

गत वर्षको भूकम्पमा समस्याग्रस्त भएका देशका करिब एक हजार गुम्बाले मर्मत तथा जीर्णोद्वारका लागि आर्थिक सहयोग माग गरेका छन्।

बाढीले परासी बजार जलमग्न, चार सयभन्दा बढीको उद्धार

नवलपरासीमा बाढीबाट प्रभावित मानिसलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ। बाढीले एउटा घरबाट अर्को घरमा जान नसकेका र घरमै बस्न बाध्य बाढी प्रभावित करिब चार सयलाई उद्धार गरेको बज्रदल गणका गणपति पूर्णप्रसाद ढकालले बताए।

यस वर्षको आईटी अवार्ड लोकबहादुर टन्डनलाई

यस वर्षको आईटी अवार्ड–२०७३ लामो समयदेखि स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएबापत ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टन्डनलाई प्रदान गरिएको छ ।

ठाडी खोलाको बाँध फुट्दा चालिस घर डुबानमा

त्रियुगा नगरपालिका–७ मोतीगडास्थित ठाडी खोलामा आएको बाढीले बाँध बगाउँदा स्थानीय ठाडी टोल र प्रतिभा टोलका ४० घर डुबानमा परेका छन्।

सरकार र डा. गोविन्द केसी प्रतिनिधिबीच वार्ता स्थगित, पुनः हुने

सरकार र डा गोविन्द केसी प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेबाट बसेको दोस्रो चरणको वार्ता विज्ञसँग छलफल गर्नुपर्ने भन्दै स्थगित भएको छ ।

२९ जना बोकेको भारतीय वायुसेवाको जहाज हरायो

बंगालको खाडीमा भारतीय वायुसेनाको एउटा जहाज सम्पर्कविहीन भएको छ ।
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।