पूर्वमन्त्रीलाई मातृशोक



नेकपा ‍(माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री विश्वनाथ साहलाई मातृ शोक परेको छ। साहका आमा सागरदेवी साहको सिरहाको गोलबजार नगरपालिका–४ स्थित आफ्नै घरमा गएराति ९६ वर्षको उमेरमा निधन भयो।

मुटु र दम रोगबाट लामो समयदेखि पीडित सागरदेवीको राति ९ बजेतिर निधन भएको पूर्वमन्त्री साहले जानकारी दिए। आमाको आजै गृह गाउँमै अन्त्येष्टि गरिने उनले बताए। स्व. साहको चार छोरा र दुई छोरी छन्।

त्यसैगरी सिरहाको सुखिपुर नगरपालिकाले बढ्दो चिसोलाई मध्यनजर गरी गरिब विपन्न परिवारलाई आज बिहान कम्बल वितरण गरेको छ।

नगरपालिकाको विभिन्न वडाका ७५ जना अति गरिब, विपन्न, असहाय परिवारलाई कम्बल वितरण गरिएको नगरपालिकाका कार्यकारी अधिकृत जयराम पजियारले जानकारी दिए।

विगत केही दिनदेखिको अत्यधिक चिसोका कारण अति गरिब विपन्न परिवार बढी प्रभावित भएकाले राहतस्वरुप कम्बल वितरण गरिएको कार्यकारी अधिकृत पजियारले बताए। रासस

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 12:38:45

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • ‘पछुताउनु पर्दैन, रुनुपनि पर्दैन’ भन्दै ओलीले पठाए पत्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु...

  • पशुपति शमशेरलाई भोट माग्दा चिप्लिइन् देवयानी (भिडियो)

    वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका...

  • खुशीराम पाख्रिन

    त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

    म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो...

  • ओमुअमुअको कलात्मक चित्रण

    पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

    खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड...