पत्रकार उमा सिंहको स्मृति दिवस मनाइयो



जनकपुरकी प्रथम सहिद महिला पत्रकार उमा सिंहको आठौँ स्मृति दिवस बुधबार मनाइएको छ। उमा सिंहको आठौँ स्मृतिमा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले बुधबार साँझ जानकी मन्दिर प्राङ्गणमा दीप प्रज्वलन गरी मनाएको छ। दीप प्रज्वलन कार्यक्रममा जनकपुरका सम्पूर्ण सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई विसं २०६५ पुस २७ गते राति सवा ९ बजे जनकपुर नगरपालिका–१४ रजौलस्थित डेरामा बसेको बेला अज्ञात समूहले निर्ममतापूर्वक हत्या गरेका थिए।

पत्रकार सिंहका मुख्य हत्यारा उमेश यादव धनुषा जिल्ला अदालतबाट सर्वश्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन्। त्यस्तै, उक्त घटनामा संलग्न सहिद पत्रकार उमाकी भाउजू ललिता यादव र नेमलाल पासवानलाई अदालतबाट जन्मकैदको सजाय पाएर जलेश्वर करागारमा छन्।

पत्रकार सिंहलाई उनीहरुलगायत १०÷१५ जनाको समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। घटनामा संलग्न अन्य अहिलेसम्म फरारकै अवस्थामा छन्। रासस

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 10:20:35

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • ‘पछुताउनु पर्दैन, रुनुपनि पर्दैन’ भन्दै ओलीले पठाए पत्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु...

  • पशुपति शमशेरलाई भोट माग्दा चिप्लिइन् देवयानी (भिडियो)

    वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका...

  • खुशीराम पाख्रिन

    त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

    म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो...

  • ओमुअमुअको कलात्मक चित्रण

    पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

    खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड...