बुद्धको टाटु खोप्दा जेल पुगिन् यी महिला



टाटु धेरैको लागि शोखको विषय हो। केही पीडा सहेर पनि शरिरमा टाटु खोपाउने चलन संसारभरि छ। तर, टाटु छनौट गर्न नसक्दा एकजना बेलायती पर्यटक श्रीलंका जेलमा थुनिनु परेको छ।

उनको नाम नाओमी कोल्मन हो। उनी सोमबार भारतबाट कोलम्बोस्थित भण्डारनाइके अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकी थिइन्। आध्यात्मिक यात्रा गर्ने उद्धेश्यले उनी घुम्दैफिर्दै श्रीलंका आइपुगेकी थिइन्। तर, कोलम्बो एअरपोर्ट ओर्लिने बित्तिक्कै प्रहरीले उनलाई पक्राउ ग¥यो। कारण थियो, उनको टाटु।

उनको दोष त्यही टाटु हो, जुन उनको पाखुरामा थियो। उनले पाखुरामा भगवान गौतम बुद्धको टाटु खोपाएकी थिइन्। तर, प्रहरीले उनीलाई धार्मिक आस्थामा चोट पु¥याएको अभियोगमा समात्यो।

उनलाई अध्यागमन कक्षमा राखियो जहाँ उनलाई स्वदेश फिर्तीको प्रक्रिया चलाइयो। यतिमात्र होइन, यी ३७ वर्षीया बेलायती महिलालाई एक रात जेलसमेत चलान गरियो। ‘उनलाई श्रीलंकामा आतिथ्यता दिन सकिदैन,’ प्रहरी स्रोतले भन्यो, ‘हाम्रो धार्मिक आस्थामा दख्खल दिइन्, उनीलाई यहाँबाट केही दिनमै फिर्ता पठाइनेछ।’

कोल्मनका अनुसार, विमानस्थलमा सुरुमा खासै समस्या देखाएनन्। उनको राहदानीमा स्टाम्प लगाइयो, अर्थात्, श्रीलंकाले उनको आगमनलाई स्वीकार ग¥यो। तर केहीबेरमा दुईजना ट्याक्सी चालक र सादा पोशाकका प्रहरीले समातेर लगे। ‘मैले बुद्धको टाटु खोपेको अभियोगमा प्रहरी हिरासतमा राखियो,’ उनले भनिन्।

उनी पेशाले मेन्टल हेल्थ नर्स हुन्। उनको पाखुरामा बुद्ध र त्यसको अलिक तल हिन्दू धार्मिक आस्थाको टाटु छ। कमलको फूलको पृष्ठभूमिमा उनले बुद्धको चित्र कुँदेकी छिन्।

उनले प्रहरीसमक्ष बयानमा आफूले श्रद्धाले टाटु खोपाएको बताएकी थिइन्। तर प्रहरीले उनको जवाफ चित्त बुझाएको छैन। ‘मैले ध्यान तथा आध्यात्मिक आस्थाले यी टाटु खोपाएकी हुँ’ उनले भनिन्, ‘नेपाल, भारत, थाइल्याण्ड र क्याम्बोडियामा मैले आध्यात्मिक यात्रा र शिविरमा भाग लिएकी छु, कसैले आपत्ति जनाएका थिएनन्।’

प्रहरीले उनीलाई सोमबार राति कोलम्बोनजिकै नेगम्बो जेलमा राखेको थियो। यसअघि उनीलाई अदालतमा पेश गरिएको थियो।

उनी त्यहाँबाट माल्दिभ्स जान चाहन्छिन्। तर, स्थानीय सरकारले आफ्नो देश फर्किनुपर्ने जिकिर गरेको उनले बताइन्।

कोल्मन पक्राउको विषयमा कोलम्बोस्थित ब्रिटिस हाई कमिसनलाई पनि जानकारी दिइएको छ। ‘हामी उनको लागि उपयुक्त सहयोग गर्नेछौं,’ कमिसनका एकजना अधिकारीले भने।

श्रीलंकाली सरकारले बुद्ध धर्म र आस्थाप्रतिकूल कडा निगरानी गर्दै आएको छ। श्रीलंका सिन्हाली जनजातिको वर्चस्व भएको टापु हो, उनीहरु बुद्ध धर्मका अनुयायी हुन्।

श्रीलंकामा बुद्ध धर्मको आस्थामा चोट पु¥याउने जो कोही पनि कार्वाहीमा पर्छन्। गत मार्चमा पनि एकजना बेलायती पर्यटकलाई भगवान बुद्धको बारेमा अनादरपूर्वक बोलेको अभियोगमा प्रवेशाज्ञा दिइएको थिएन।

त्यस्तै, दुई वर्षअघि तीनजना फ्रान्सेली पर्यटकलाई पनि जेल चलान गरिएको थियो। उनीहरुलाई बुद्धको मूर्तिमा चुम्बन गरेको अभियोग लागेको थियो। बीबीसीको सहयोगमा

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 11:19:46

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...