वायु प्रदूषणले काठमाण्डौमा नसर्ने रोगको प्रकोप बढ्दो



सडक विस्तारका कारण धुले बाटो बनेको राजधानीको एक सडकखण्ड । तस्बिर सन्देश दुमरु/नेपालखबर
सडक विस्तारका कारण धुले बाटो बनेको राजधानीको एक सडकखण्ड । तस्बिर सन्देश दुमरु/नेपालखबर

वायु प्रदूषणका कारण काठमाडौंँ उपत्यकावासीमा नसर्ने रोगको प्रकोप बढेको छ। प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले मंगलबार आयोजना गरेको कार्यक्रममा वायु प्रदूषणका कारण मतिष्कघात, मुटुको रोग, फोक्सोको क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्दै गएको जानकारी दिइएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. खेम कार्कीले वायु प्रदूषणका कारण मुटु एवम् फोक्सोको बिरामीका सङ्ख्या बढिरहेको उल्लेख गर्दै वायु प्रदूषणका कारण उपत्यकामा मुटुरोगी ७२ प्रतिशत, दमका बिरामी १४ प्रतिशत र फोक्सोको क्यान्सर १४ प्रतिशतले बढेको बताए।

उनले वायु प्रदूषणले दमखोकीका बिरामी अस्पताल भर्ना हुने दरमा १ दशमलव ३ प्रतिशत, निमोनियाबाट भर्ना हुनेमा ३ दशमलव ४ प्रतिशत, श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु हुने दर ३ दशमलव ६ प्रतिशतले बढेको अनुसन्धानबाट देखिएको जानकारी दिए।

उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारीले वायु प्रदूषण बढ्नुका प्रमुख कारण पुराना गाडी भएकाले यसको न्यूनीकरणका लागि पहिलो चरणमा सरकारी कार्यालयका २० वर्षभन्दा पुराना गाडी हटाउनुपर्नेमा जोड दिए।

वातावरणविद् डा. भूषण तुलाधरले वायु प्रदूषणका प्रमुख कारणमा ७५ प्रतिशत घरको भान्छामा प्रयोग हुने दाउरा, गुइँठा रहेको र त्यसले महिला एव्म बालबालिकालाई प्रभावित पारिरहेको चर्चा गर्दै घरबाहिर हुने वायु प्रदूषणमा ३८ प्रतिशत सवारी साधन तथा २५ प्रतिशत धुलोको कण रहेको बताए।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सन् २०१६ को तथ्याङ्कअनुसार नेपालमा बर्सेनि नौ हजार ९४३ जनाले वायु प्रदूषणका कारण ज्यान गुमाइरहेका छन् । विश्वमा प्रत्येक नौ जनामा एक जनाको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको छ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले काठमाडौँको बढ्दो वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा परेको असरबारे संसदीय समितिमा कुरा उठाउने बताए। ‘काठमाडौंको बढ्दो वायु प्रदूषणले मानव स्वास्थ्यमा नराम्रो असर पारेको तथ्याङ्कले देखाइ रहेको बेलामा सम्बन्धित निकाय संवेदनशील हुनुपर्छ’ उनले भने।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 09:17:17

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...