जनार्दन र कुलमानले भने, ‘चार महिनाभित्र नेपाल लोडसेडिङ मुक्त’

कर्णाली प्रदेशका प्रत्येक परिवारले कम्तिमा एक लाख रुपैयाँ शेयर हाल्न मिल्ने



उर्जामन्त्री जर्नादन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी जेठ महिनाभित्र पूरै नेपाल लोड सेडिङ मुक्त हुने बताएका छन्। उर्जा मन्त्रालयले अहिलेसम्म भएका कामहरुको जानकारी र आगामी योजनाहरुका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उर्जामन्त्री शर्माले आगामी चार महिनामा देश लोडसेडिङ समस्याबाट पूर्णतः मुक्त हुने बताएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले चमेलिया जलविद्युत्त आयोजनाको काम अब एक तिहाईमात्र बाँकी रहेको जानकारी दिए। साथै उनले कर्णाली प्रदेशका प्रत्येक परिवारले कम्तिमा एक लाख रुपैयाँ शेयर हाल्न मिल्ने गरी प्रक्रिया अघि बढिसकेको जानकारी दिए। ढल्केवरमा निर्माण हुन नसकेको प्रशारण लाइनसम्बन्धमा मन्त्री शर्माले आयोजना सुचारु गरिएको बताए।

उनले उर्जा उत्पादनमा सहकार्य गर्न बंगलादेशबाट पठाएको एमओयु सहमति लिएर फिर्ता पठाइसकिएको समेत जानकारी दिए। विगतमा उर्जामा हुने गरेको ब्याजदर घटाएर मन्त्रालयले ५ प्रतिशतमा ल्याउन भएको छ। मन्त्री शर्माले भने, ‘अब हामीले ५ प्रतिशत मात्रै ब्याज कायम गर्नेछौं। त्यसका लागि अर्थ मन्त्रालयमा पत्र लेखेर पठाइसकेका छौं’

पत्रकार सम्मेलनमा उर्जामन्त्री शर्माले मन्त्रालयको वेबसाइटसमेत उदघाटन गरेका थिए। उनले वेबसाइट निर्माण गर्नुको उद्देश्यबारे भने, ‘हामीले शेयर लगानीका लागि आह्वान गर्न नै यो वेबसाइटको निर्माण गरेका हौं।’

कार्यक्रममा बोल्लै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको ४ महिनामा नेपाल लोडसेडिङ मुक्त हुने बताए। उनले भने, ‘पुर्वमा कहिले काँही सिस्टममा समस्या हुँदा लोडसेडिङ भइरहेको छ, आगामी जेठ महिनापछि त्यो समस्या पनि समाधान हुन्छ।’

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 13:47:58

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरा महानगर: चैतमै सक्नुपर्ने काम बल्ल सुरु

    ‘न्युरोडमा गिटी बिच्छ्याएर कस्तो बाटो बनाउन खोजेका हुन्, मैले त कुरै बुझिनँ। यस्तो तमासा हेर्न बाध्य छन् पोखरेलीहरु र सोच्दैछन् स्मार्ट सिटी त यसरी...

  • प्रहरीले खोज्दै छ ३४ किलो अवैध सुनको मालिक

    सात महिना पहिला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन समातिएपछि पक्राउ परेका अभियुक्तबाट प्रहरीले यो प्रकरणमा दुबईमा रहेका चार जनाको...

  • बार्सिलोनाका पूर्व तथा म्यानचेस्टर सिटीका वर्तमान प्रशिक्षक पेप गार्डिवाला र लिअाेनल मेस्सी

    बार्सिलोनासँग रुष्ट छन् मेस्सी, यस्तो छ क्लब छाड्ने सम्भावना

    बार्सिलोनामा लिओनल मेस्सीको भविष्य अनिश्चित बनेको छ। क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर नगरेका कारण मेस्सी क्लबमा रहन्छन कि रहदैन् भन्ने चर्चा चलेको छ।

  • प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी (फाइल फोटो)

    किन महत्वपूर्ण छ प्रधानमन्त्री देउवाको भारत भ्रमण?

    नेपाललाई विकासको समान साझेदार नठान्ने र कमजोर छिमेक ठान्ने मनोवृत्तिबाट नेपाललाई हेर्ने भारतका शासक वर्ग र विशेष गरी कर्मचारीतन्त्रमा व्याप्त...