भियतनाममा अनिवार्य रक्तदान कानून



भियतनामको स्वास्थ्य मन्त्रालयले रक्तदान सम्बन्धि एक नयाँ कानूनको प्रस्तावना गरेको छ। प्रस्तावित उक्त कानून पारित भएमा सन् २०१८ देखि प्रत्येक भियतनामी बयस्कले बर्षको न्यूनतम एक पटक अनिवार्य रक्तदान गर्नै पर्दछ। भियतनाममा स्वास्थ्य उपचार तथा शल्यक्रियाका लागि चरम रक्त अभाव हुने गरेको छ।

रक्त संकलनका लागि खटाइने प्राबिधिक र कर्मचारीहरुको तलब, भत्ता, बीमा खर्च, भ्रमणखर्च, मेशिन तथा औजार खर्च इत्यादिमा सरकार तथा अन्य संघ, संगठनले ठूलो धनराशी बेहोर्नु परेको स्थितिको आधारमा रक्त तथा मानव कोषिका कानून मस्यौदा तयार गरेको हो।

यसअन्तर्गत अनिवार्य रक्तदान लागू गर्ने तथा ऐच्छिक रक्तदानलाई प्रोत्साहन दिन सरकारी खर्चमा वृद्धि गरिने समेत दुईवटा कार्ययोजनाहरु कार्यान्वयन गरिने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। अनिवार्य रक्तदान योजनामा मुलुकका करिव चार करोड साठी लाख बयस्कहरुले वर्षको कम्तीमा एक पटक प्रतिव्यक्ति एक युनिटका दरले अनिवार्य रक्तदान गर्नै पर्छ (एक युनिट रक्तथैलीमा दुइसय पचास मिलिलिटरको परिमाण रहन्छ)। तर, यो सङ्ख्यामा रक्त सम्बन्धि र रक्तजन्य अन्य रोगले ग्रस्त करिव एक करोड बयालिस लाख रोगीहरु पनि पर्ने हुँदा उनीहरुको हकमा भने यो योजना लागू हुने छैन।

यसप्रकार वार्षिक दुई करोड ८० लाख युनिट रक्त सङ्कलन हुने र यस परिमाणले देशभरिका अस्पताल तथा स्वास्थ्य केन्द्रका लागि आवश्यक रक्तको माग पूरा भई केही बचत समेत हुने जनाइएको छ। पहिलो योजनाको सफल कार्यान्वयन भै सकेपछि सरकारले दोश्रो योजना कार्यान्वयनमा ल्याउने छ। यसअन्तर्गत कुनै पनि बयस्कले वर्षको एक पटकभन्दा बढी ऐच्छिक रक्तदान गरेमा उसलाई बिभिन्न आर्थिक पुरस्कार वा सामाजिक लाभ प्रदान गरिने कार्यक्रम रहेको छ।
अनिवार्य रक्तदान योजना लागू भएपछि सरकारी खर्चमा बचत हुन जाने रकमको तुलनामा यस दोश्रो योजना कम खर्चिलो हुने अपेक्षा गरिएको छ।

यसप्रकार सरकारले स्वास्थ्य क्षेत्रका अन्य परियोजनामा थप लगानी गर्न पाउने हुँदा देशको स्वास्थ्य क्षेत्रमा जनताहरुले थप लाभान्वित हुने अवसर पाउने स्वास्थ्य मन्त्रालयको दावी छ। प्रस्तावित नयाँ कानून भियतनामको माथिल्लो संसद्मा सन् २०१८ मा पेश गर्ने तयारी भै रहेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा सन् २०१० मा भियतनामको जम्मा जनसंख्याको एक प्रतिशत भन्दा कम ब्यक्तिले मात्र रक्तदान गरी एघार लाख युनिट मात्र रक्त सङ्कलन भएको थियो। भियतनाममा रक्त सङ्कलनका लागि कसैलाई करकाप नगरिने कारण हालसम्म पनि स्वेच्छिक रक्तदाताहरुको संख्या ज्यादै न्यून रहेको छ। साधारणतया एकजना बयस्कको उमेर तथा शारिरीक तौलको आधारमा वर्षको चार पटकसम्म रक्तदान गर्न सकिन्छ। रासस/सिन्ह्वा

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 09:32:16

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...