जीबा लामिछानेको 'सर्सर्ती संसार'को लण्डनमा विमोचन



रुसका सफल व्यवसायी एवं गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेद्वारा लिखित पुस्तक 'सर्सर्ती संसार'को आइतबार लण्डनमा एउटा समारोहबीच लोकार्पण गरिएको छ। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र मधेसी जनअधिकार फोरमका सांसद जीतेन्द्रनारायण देवले संयुक्त रुपमा कृति विमोचन गरेका हुन् ।

 सो कृति नेपाल, तान्जानिया र रुसमा पनि विमोचन भइसकेको छ। समारोहमा बोल्दै बेलायतकालागि नेपाली राजदूत डा दुर्गाबहादुर क्षेत्रीले लामिछाने एक बहुआयामिक प्रतिभाको धनी भएको बताए। राजदूत क्षेत्रीले लामिछानेको कृतिको चर्चा गर्दै भने ‘लेखहरुमा राष्ट्रिय चेतना र देशभक्तिको भावना रहेको छ।' उनले भने, ‘सर्सर्ती संसारले लामिछाने एकजना सफल व्यवसायी, समाजसेवी, गैरआवासीय नेपाली अभियानका अभियन्ताबाहेक लेखकको पनि पहिचान बनाएको छ।’

प्रा. बालकृष्ण पोखरेलले लामिछानेका लेखहरुमा राष्ट्रिय चेतना र देशभक्तिको भावना परिपोषित रहेका बताए। हाल लण्डन आइपुगेका मधेसी जनअधिकार फोरमका सांसद जीतेन्द्रनारायण देवले नेपालका राजनीतिकर्मीहरुले पनि यो पुस्तकबाट धेरै सिक्न सक्ने बताए।

लण्डनमा पुस्तक विमोचनका क्रममा लेखक लामिछाने

लण्डनमा पुस्तक विमोचनका क्रममा लेखक लामिछाने

पुस्तकको समीक्षा गर्दै पत्रकार नारायण गाउँलेले हाम्रा धर्मग्रन्थहरुले जीवनलाई यात्रा र संसारलाई एउटा बिसौनीको संज्ञा दिएको चर्चा गर्दै यात्राले जीवनलाई स्वच्छ, सुन्दर र सार्थक बनाउने बताए।

बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीले 'सरसर्ती संसार' पुस्तकको एउटा अध्याय वाचन गरे। यस्तै पत्रकार नरेन्द्र बस्नेतले लामिछानेको जीवनीबारे तयार पारिएको अडियो प्रोफाइल सुनाए।

कार्यक्रममा लेखक लामिछानेले व्यवसाय र एनआरएन अभियान विस्तारका क्रममा विदेश घुम्दाका अनुभव समेटेर कृति तयार गरेको बताए।

नेपालब्रिटेनडटकमद्वारा आयोजित उक्त कार्यक्रम पत्रकार चिरन शर्माले सञ्चालन गरेका थिए।

प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 17:26:35

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नाैतले दरबार पुनर्निर्माण हुँदै

    हनुमानढोकामा अमेरिका, चीन र जापान

    भूकम्पले क्षति पुर्याएको हनुमानढोका दरबार क्षेत्र अमेरिका, चीन र जापानले पुनर्निर्माण गरिदिने भएका छन्। दरबार क्षेत्रमा रहेका सानाठूला सम्पदा यी...

  • दिपेन्द्रसिंह एेरी

    ‘समर्थकको मतभन्दा मन जित्ने प्रयासमा छु’

    विश्व क्रिकेट लिग अन्तर्गत गत फागुनमा टियु क्रिकेट मैदानमा भएको केन्या विरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेपछि प्रतिक्रिया दिँदै...

  • १९३७ मा युएसएस इन्डियानपोलिस

    दोस्रो विश्वयुद्धमा जापानले डुबाइदिएको अमेरिकी जहाज ७२ वर्षपछि भेटियो

    दोस्रो विश्वयुद्धको अन्त्यतिर जापानले डुबाइदिएको एक अमेरिकी जहाज ७२ वर्षपछि फेला परेको छ। युएसएस इन्डियानापोलिस नामक सो जहाज हिरोसिमामा खसाइएको...

  • ‘प्रशंसैप्रशंसा पाउनलाई म धार्मिक गुरु होइन’

    नेपाली हास्यव्यंग्य क्षेत्रमा जमेको नाम हो– दिपकराज गिरी । हास्य सिरियल हुँदै अहिले फिल्मसम्म उनी जमिरहेका छन् । नेपालखबरले सोमबार बिहान–बिहानै...