आउँदो वर्ष अनुहार फेर्दैछ कलङ्की

अन्डर पास-वे बन्दै, यही आर्थिक वर्षमा ५० प्रतिशत काम सक्ने लक्ष्य



चारैतिर जस्ताका पाता बेरेर दिनरातै घाइँघुइँ गरिरहने, धुलोले कुहिरीमण्डल भइरहने कलङ्कीले आउँदो वर्ष आफ्नो अनुहार फेर्दैछ। आउने आर्थिक वर्षभित्र अन्डर पास वे बनिसक्ने भएको छ। यसका लागि अबको तीन महिनामा चार सय मिटर अन्डर पास निर्माण भइसक्ने र बाँकी चार सय मिटर अर्को वर्ष पूरा हुने बताइएको छ।

काठमाडौं चक्रपथ सुधार आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झा भन्छन्, ‘आउने चैत महिनाभित्र चार सय मिटर निर्माण सम्पन्न हुन्छ। आगामी वर्ष यो अन्डरपासको निर्माण सम्पन्न हुन्छ। यसका लागि अहिले द्रुत गतिमा काम भइरहेका छ।’ 

समयमै निर्माण सम्पन्न गर्नका लागि अहिले २० जना नेपाली र १० जना चिनियाँ इन्जिनियर दिनरात खटिरहेका छन्। झाका अनुसार एउटा पाइल एक दिनमा निर्माण सम्पन्न भइरहेको छ। अहिले ५० वटा पाइल निर्माण भइसकेको छ। निर्माण सम्पन्न गर्नका लागि चार सय पाइल राख्नुपर्छ।

चक्रपथ सुधार योजनाअन्तर्गत कलङ्की चोकमा बनिरहेको सव वे काम सकिएपछि चक्रपथ ओहोरदोहोर गर्ने गाडीले लामो समय पालो पर्खने झन्झट बेहोर्नु पर्दैन। चक्रपथमा परिक्रमा गर्ने सवारी साधन बीचको चार लेनको अन्डरपासबाट गुड्नेछन्। खसीबजार पुलदेखि बाफल पुलसम्म ८ सय मिटर सडक अन्डरपास हुने आयोजना प्रमुख झा बताउँछन्। थानकोट–कालिमाटी र सितापाइला–बल्खु जोड्ने बीच सडकको १६ मिटर भागमा भने अन्डर ग्राउन्ड हुनेछ।

बल्खुबाट सीतापाइला, सीतापाइलाबाट बल्खु चल्ने सवारी साधन बाफल या खसीबजारबाटै बीचको चार लेनबाट गुड्नुपर्ने हुन्छ। बीचको चार लेन सडक खण्ड जमिनको सतहभन्दा अलि तल र छेउछेउको सडक खण्ड माथि हुन्छ। बालाजु बसपार्कबाट उपत्यका बाहिर चल्ने गाडी बाफल पुगेपछि छेउको सडकबाट गुड्दै कलंकी चोक पार गर्नुपर्नेछ।

बाफलबाट नागढुंगा, कालिमाटीबाट नागढुंगा तथा नागढुंगाबाट बल्खु र कालिमाटीतिर गुड्ने गाडी कलंकी चोकको माथिबाट र चक्रपथ ओहोरदोहोर गर्ने सवारी साधन तल अर्थात् अन्डरग्राउन्ड र अन्डरपासबाट गुड्नेछन्। चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सव वे बनाउने काम भइरहेको हो ।

बिना अवरोध काम अघि बढे कलङ्की चोकले अबको डेढ वर्षभित्र रूप फेर्नेछ। आयोजना प्रमुख झा भन्छन्, ‘अब यात्रुले घन्टौँ ट्राफिक जामको समस्या झेल्नुपर्ने छैन। नागढुङ्गाबाट स्वयम्भूतर्फ जाने सवारी साधन बिनाअवरोध ओभरहेड ब्रिजको बायाँतर्फ मोडेर जान सक्नेछन्। स्वयम्भूबाट नागढुङ्गा जाने सवारी साधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन्। नागढुङ्गाबाट बल्खुतर्फ जाने सावरी साधन बिना अवरोध दायाँ मोडेर जान सक्नेछन्। बल्खुबाट नागढुङ्गा जाने सवारी साधनले पनि सोही रूट प्रयोग गर्न सक्नेछन्।’

त्रिपुरेश्वरबाट स्वयम्भू जाने सवारी साधनले ओभरहेड ब्रिजको दायाँ मोड प्रयोग गरेर जाने सक्नेछन्। स्वयम्भूबाट त्रिपुरेश्वर जाने सवारी साधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन्। त्रिपुरेश्वरबाट बल्खु जाने सवारी साधनले ओभरहेड ब्रिजको बायाँ मोड प्रयोग गर्न सक्नेछन्। बल्खुबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही मोड प्रयोग गर्न सक्नेछन्।

सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण सुरु भएको कोटेश्वर कलङ्की सडकअन्र्तगत यो अन्डर पास वे बनिरहेको हो। यो सडक निर्माण २०१७ जुलाईमा सम्पन्न गर्ने गरी साङ्घाई कन्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो। तर भुकम्प, नाकाबन्दीलगायतको समस्याहरुको कारण कम्पनीले सम्झौताअनुरुप काम सम्पन्न गर्न नसक्दा एक वर्षको लागि समयावधि थपेर २०१८ जुलाई ३० सम्मको समय तोकिएको छ।

हेर्नु्स् निर्माणाधीन नयाँ कलङ्कीका दृश्यहरु फोटोफिचरमाः

तस्बिरः सन्देश दुमरु

प्रकाशित २३ पुस २०७३, शनिबार | 2017-01-07 16:13:48

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • संसद बैठक ( फाइल )

    सदनमा संविधान संशोधन पक्ष-विपक्षबीच घोचपेच

    व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदले दोस्रो संशोधन ‘बेमौसमको बाजा’ भएको भन्दै कटु आलोचना गरे भने...

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...