दुई हजार परिवार भेरीको उच्च जोखिममा



भेरीको उच्च जोखिम
भेरीको उच्च जोखिम

ठूली भेरी नदीले कटान शुरु गरेपछि रुकुम पश्चिमका करिब दुई हजार परिवार उच्च जोखिममा परेका छन्।

रुकुम पश्चिम र जाजरकोटका ठूली भेरी वारिपारिका बासिन्दालाई बाढीको जोखिम छ।

रुकुम पश्चिम, जाजरकोट र डोल्पाको सिमाना त्रिवेणीदेखि रुकुम पश्चिम र जाजरकोटको सीमा रिम्नासम्म नदी आसपासका स्थानीयवासी कटानको जोखिममा छन्। आठबीसकोट नगरपालिकाका वडा नं ४, ५, ६, ११ र १३ तथा नलगाड नगरपालिकाका विभिन्न वडाका बासिन्दा उच्च जोखिममा छन्।

आठबीसकोट–४ को छरिबगर, ५ को जलिगार, ६ को त्रिवेणी, मन्काबगर, दामाचौर, ज्यामिरे, ११ का चौर, गतसैना, १३ का भल्मा, रिठा र वडा नं १४ का छेपारे, पिपलचौरलगायत बढी जोखिममा रहेको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए।

यस्तै नलगाड नगरपालिकाका औलगुर्ता, खातीगुर्ता, मन्मैतरा, दल्ली, कालीमाटीलगायत ठाउँका बासिन्दा जोखिममा छन्। उनीहरु नदीको त्रासका बीच बस्दै आएका छन्। सडक निर्माणका त्रममा अत्यधिक मात्रामा ढुङ्गा, माटो र अन्य वस्तु नदीमा खसेपछि नदीले बहाव परिवर्तन गरेको छ।

वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक बनाउँदा नदी आसपासका अधिकांश बस्ती जोखिममा परेका हुन्। अघिल्लो वर्षको बाढीले रुकुम पश्चिम र जाजरकोटमा खेतीयोग्य जमीन तथा भौतिक संरचना बगाएको थियो।

‘यस वर्ष रोकथामको उपाय नअपनाए कुनै बस्ती जोगिँदैन’, स्थानीयवासी मोती बोहराले भने। आठबीसकोट–४ का वडाध्यक्ष डिलबहादुर सार्कीले नगरपालिकाले नदी कटानका लागि चालू आवमा रु ५० लाख विनियोजन गरे पनि कटान रोक्न सम्भव नभएको बताए। रासस

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 20:51:41
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।