हजुरआमा बनेपछि राष्ट्रपति भण्डारी विना तामझाम छोरी-नातिनी हेर्न अस्पतालमा



विहेमा छोरी निशाकुशुम र ज्वाइँ अभिषेकसँगै राष्ट्रपति भण्डारी (वायाँ)
विहेमा छोरी निशाकुशुम र ज्वाइँ अभिषेकसँगै राष्ट्रपति भण्डारी (वायाँ)
फोटो साभारः द काठमाडौँ पोष्ट

राष्ट्रपति विद्यादेवी भण्डारी हजुरआमा बनेकी छन्।

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुशुम यादवले बुधबार (१ जेठ) साँझ छोरी जन्माएपछि उनी हजुरआमा बनेकी हुन्।

अभिशेक पूर्वराष्ट्रपति यादवकी भतिजी किरण यादवका सुपुत्र हुन्। किरण दोस्रो संविधान सभाकी सदस्य थिइन्। 

निशाकुशुम र अभिषेकको विहेको अवसरमा आयोजित रात्रिभोजमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका थिए।  

कान्छी छोरीको तर्फबाट पनि नातिनी जन्मिएपछि राष्ट्रपति भण्डारी बुधबार साँझ छोरी–नातिनी हेर्न अस्पताल पुगेकी थिइन्।

छोरी–नातिनी हेर्न राष्ट्रपति भण्डारी बिना कुनै तामझाम अस्पताल पुगेकी थिइन्।

जेठी छोरी उषाकिरण थापाले पनि गत साउनमा छोरी जन्माएपछि राष्ट्रपति भण्डारी पहिलो पटक हजुरआमा बनेकी थिइन्।

उषाकिरणको विहे भने खोटाङको दिक्तेलस्थित बामराङका उमेश थापासँग भएको थियो। उनी डिल्लीबजारस्थित ट्रिनिटी कलेज र टोखास्थित त्रियोग स्कूलका सञ्चालक हुन्।

३ जेठ ०५० मा दासढुङ्गामा भएको जीप दुर्घटनामा जीवराज आश्रितसँगै परेका पति मदन भण्डारीको निधन हुँदा राष्ट्रपति भण्डारीका छोरीद्वय उषाकिरण निशाकुशुम नावालग नै थिए।

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 17:08:32
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।