जसको मुहार छातीमा कुँदे उनैको अनुहारमा एसिड प्रहार



विष्णु भुजेल
विष्णु भुजेल

विष्णु (रोयल) भुजेल र जेनी (बुनु) खड्काको फेसबुक टाइमलाइन हेर्दा उनीहरुबीच प्रेम सम्बन्ध प्रगाढ रहेको बुझ्न सकिन्छ।

 हुन पनि मुटुको अग्र भाग छातीमा बिष्णुले जेनीको अनुहार ट्याटु खोपेका छन्।

केही दिनअघिसम्म दुवैले सँगै रहेका तस्बिर फेसबुकमा पोष्ट गरेका थिए। ती तस्बिरहरु एक अर्कालाई ट्याग भएका छन्।

फेसबुकमा देखिने यो सुमधुर सम्बन्ध वास्तविकतामा विपरित दिशातर्फ मोडिएको छ। विष्णु बुधबार रातीदेखि प्रहरी हिरासतमा छन्। जेनी कीर्तिपुर अस्पतालको ब्रन सेन्टरमा उपचाररत छिन्। मातापिताबीच सम्बन्धमा टकराव आएसँगै उनीहरुका एक मात्र अवोध सन्तान परिवारको जिम्मामा पुगेका छन्।

काठमाडौंमा बुधबार राती एकाएक युवतीमाथि एसिड प्रहारको घटनाले सनसनी फैलियो। धेरैले केही वर्षअघि काठमाडौंमा प्रवेशिका परीक्षा दिने तयारीमा रहेकी युवतीमाथि भएको एसिड प्रहार घटना समरण गरे।

महानगरीय प्रहरी परिसरले काठमाडौं कालोपुलमा आमा र बहिनीसँग बस्दै आएकी जेनी खड्कामाथि एसिड प्रहार गर्ने उनका श्रीमान बिष्णु भुजेललाई राती १० बजे पक्राउ गर्यो। बिष्णु पक्राउ परेसँगै उनीहरूको सम्बन्धका दोषहरु सतहमा देखिएका छन्।

बिष्णु काभ्रेका हुन्। उनी बनेपामा प्राविधिक श्रमिक हुन्। जेनी कालोपुलमा परिवारसँग बस्दै आएकी युवती हुन्। दुईबीच चार वर्षअघि प्रेम भयो। जेनीले १० कक्षा पढ्दापढ्दै विष्णुसँग भागेर प्रेम विवाह गरेकी थिइन्।

विष्णुले छातीमा खोपेको ट्याटु (बायाँ) कीर्तिपुरमा उपचाररत जेनीको जलेको हात

विष्णुले छातीमा खोपेको ट्याटु (बायाँ) कीर्तिपुरमा उपचाररत जेनीको जलेको हात

विवाहपछि यी दुवै काभ्रे देउरालीमा रहेको घर नगई बनेपामा डेरागरी बस्न थाले। विष्णु बनेपामै एउटा ग्यारेजमा काम गर्थे। उनीहरूबीच राम्रै सम्बन्ध चलिरहेको थियो। प्रेम प्रदर्शन गर्न विष्णुले छातीमा जेनीको तस्बिर कुँदेका छन्। विवाहको अर्को वर्ष उनीहरुबाट एक सन्तानको जन्म भयो। त्यसपछि बिष्णुले उनलाई आफ्नो पुर्खेयौली घर लिएर गए। बिष्णुको घरपुगेपछि मात्र जेनीले पतिबारे दोस्रो सत्य थाहा पाइन्। आफू पहिलो प्रेम नभई दोस्री श्रीमती भएको बुझिन्। यो घटनाले उनी छाँगाबाट खसेजस्तो भइन्।

यसपछि उनले सोच बदलिन्। बिष्णुलाई छोडिन्। कालोपुलमा आमा र बहिनीसँग बस्न थालिन्। त्यसपछि बिष्णुले कहिले फकाउँथे, कहिले धम्क्याउँथे। धोका पाएको अनुभव गरेकी जेनीको मन फर्किएन।

‘बुधबार पनि बिष्णु र जेनीबीचमा पटक–पटक टेलिफोनमा कुरा भएको देखिन्छ,’ अनुसन्धानमा संलग्न डिएसपी होविन्द्र बोगटी भन्छन्, ‘त्यो कुराकानीपछि उनी भेट्न तयार भएको थिइन्।’

बिष्णु बनेपाबाट जेनीलाई भेट्न काठमाडौं आए। उनी सरासर कालोपुल गए। जेनीलाई घर बाहिर एकान्तमा लगे।

‘आफ्नै श्रीमानले यति ठूलो घटना गराउलान भन्ने युवतीले कल्पनासम्म गरेकी थिइनन् भन्ने देखियो,’ डिएसपी बोगटी भन्छन्, ‘योजनाअनुसार एसिड बनेपाबाटै ल्याएका रहेछन्।’

दुवै जना एकान्तमा पुगेपछि विष्णुले जेनीलाई एसिड प्रहार गरे। जेनी एसिडले शरीर जल्न थालेपछि हार गुहारगर्दै चिच्याउन थालिन्। उनलाई स्थानीयहरुले तत्कालै नजिकैको ओम अस्पताल पुर्याए। ओम अस्पतालमा जलेका बिरामीको उपचार हुँदैन। त्यसपछि उनलाई कीर्तिपुर अस्पतालको बर्न सेन्टर लगियो।

श्रीमतीलाई एसिड प्रहार गरेपछि बिष्णु भागेर काडाँघारी पुगे। घाइते जेनीको बयानपछि उनको खोजीमा जुटेको काठमाडौं प्रहरीले काँडाघारीमा रहेको एउटा रेष्टुराँमा मादक पर्दाथ सेवन गरिरहेको अवस्थामा विष्णुलाइ पक्राउ गरेको छ। ‘बनेपाको एउटा सुनचाँदी पसलबाट एसिड खरिद गरेको खुलेको छ,’ डिएसपी बोगटीले नेपालखबरसँग भने ‘हामी थप अनुसन्धानपछि एसिड प्रहारकै महलमा कारबाही चलाउछौं।’

कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी जेनीको अवस्था खतरामुक्त छ।

अस्पतालका जनसम्पर्क प्रमुख तारानिधि भुर्तेलका अनुसार युवतीको सघन उपचार कक्षमा उपचार भइरहेको छ। चिकित्सकहरुले युवती खतरामुक्त रहेको जानकारी दिएका छन्।

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 12:16:35
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...