तातोपानी नाका सञ्चालनकाे तयारी



सिन्धुपाल्चोकस्थित नेपाल र चीनबीचको मुख्य तातोपानी नाका १७ जेठबाट सञ्चालनमा आउने भएको छ।

तातोपानीको लिपिङस्थित मितेरी पुलको उद्घाटनसँगै १७ जेठबाट तातोपानी नाका सञ्चालनको तयारी भएको हो।

१२ वैशाख ०७२ को भूकम्प र भोटेकोसीमा आएको वाढीले क्षतिग्रस्त भएको मितेरी पुल पुनर्निर्माणको काम अन्तिम रचणमा पुगेको छ। चिनियाँ कम्पनीले पुल निर्माणको काम गरिरहेको छ।

पुल निर्माणमा दैनिक करिब पाँच सय मजदुर खटिँदै आएका छन्। चीनको तियानसुन रोड एन्ड ब्रिज कम्पनीले १० जेठमा निर्माण सकेर चिनियाँ सरकारलाई पुल हस्तान्तरण गर्ने तयारी गरेको छ।

१७ जेठमा मितेरी पुलको उद्घाटन हुने र सोही दिनबाट तातोपानी नाका सञ्चालनमा आउने कोदारी अध्यागमन कार्यालयका प्रमुख रामहरि काफ्लेले जानकारी दिए।

चार वर्षदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आउने भएपछि अहिले त्यस क्षेत्रमा व्यापारिक चहलपहल पनि बढ्न थालेको छ।

१७ जेठबाटै एकदिने अनुमतिको आधारमा मितेरी पुलबाट आउजाउ गर्न दिने तयारी गरिएको काफ्लेले बताए।

चिनियाँ सामान ढुवानीका लागि नेपाली कन्टेनर भ्यान चिनियाँ स्वशासित क्षेत्र तिब्बतको नेलामसम्म जाने र चिनियाँ भ्यान पनि लार्चाको सुक्खा बन्दरगाहसम्म आउने सहमती भएको छ।

 

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 08:58:53
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...