पोषिलो खानाबाट वञ्चित छन् गण्डकी प्रदेशका नागरिक



पृथ्वीसुब्बा गुरुङ
पृथ्वीसुब्बा गुरुङ

गायक प्रजापति पराजुलीको गीतमा सोधिएजस्तो गण्डकी प्रदेशको जनसंख्या कति होला? ठ्याक्कै भन्न सकिँदैन। तर, नेकपा नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री रहेको गण्डकी प्रदेशका आम नागरिकहरुले विश्वका विकसित देशका नागरिकहरुले भन्दा धेरै कम पोषणयुक्त खाना खाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ।

तथ्याङ्क कार्यालय कास्कीका अनुसार, २०७५ असारसम्म गण्डकी प्रदेशको जनसंख्या २४ लाख ९० हजार ४ सय ३७ छ। यो जनसंख्यामध्ये १४.९१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन् भने महिलाको हकमा यो संख्या २०.६ र पाँच वर्षमुनिका बालबालिकाहरुको हकमा २८.२६ प्रतिशत रहेको छ।

केन्द्रीय तथ्याङ्क कार्यालयको नेपालमा गरिबीको लघु क्षेत्र अनुमान २०६८ सर्वेक्षण अनुसार, यहाँका साना सीमान्तकृत समुदायले वार्षिक ३४ हजार २ सय ५० रुपैयाँ मात्र कमाउँछन्। यसबाट सहजै अनुमान लगाउन सकिन्छ कि, उनीहरुले गर्ने आम्दानीले अहिलेको महंगीमा हातमुख जोर्न नै कठीन छ। यस्तोमा पोषणयुक्त खाना र फलफूल उनीहरुले कहाँबाट पाउन्?

गण्डकी प्रदेश नीति तथा योजना आयोगले हालै सार्वजनिक गरेको स्थितिपत्रलाई आधार मान्ने हो भने पनि यो प्रदेशमा जम्मा २ लाख ९९ हजार ६ सय ८९ मेट्रिक टन दूध उत्पादन हुन्छ। उत्पादित दूध भाग लगाउँदा गण्डकीको एउटा मान्छेले भागमा १ सय १० लिटर दूध पर्छ।

उत्पादित दूधमध्ये ठूलो हिस्सा घिउ बनाउन प्रयोग हुन्छ। हुनेखानेले घिउ र दूध दुबै खाए पनि यहाँका नागरिकले सरदर वार्षिक ५७ लिटर दूध मात्रै उपयोग गर्छन्। यो राष्ट्रिय उपभोग सूचकांकको हाराहारी हो। तर, विश्व खाद्य कार्यक्रमको सुझाव हेर्ने हो भने एउटा मान्छेले वार्षिक सरदर ९१ लिटर दूध खानुपर्छ। दूध पोषणको स्रोत हो। सहजै अनुमान लगाउन सकिन्छ, दूध कम उपयोगले यहाँका नागरिकहरुमा पोषणको कमी भएको छ।

मासुमा पनि उस्तै छ। यहाँ वार्षिक ४८ हजार ५ सय ८५ मेट्रिक टन मासु उत्पादन हुन्छ। विकसित देशका मान्छेहरुले औषत वार्षिक ८० किलोग्राम मासु खान्छन्। नेपालमा प्रतिव्यक्ति मासु उपभोगको दर ११ किलोग्रामको हाराहारीमा छ। त्यही पनि काम खाने हुँदा खानेको हकमा यो लागु हुँदैन। यद्यपी, गण्डकी मासु खाने कुरामा केही अगाडि रहेको तथ्याङ्कले जनाएको छ।

यो प्रदेशमा वार्षिक १२ करोड ६४ लाख ७२ हजार वटा अण्डा उत्पादन हुन्छन्। बराबर भाग लगाउने हो भने एउटाको भागमा ५० वटाजति पर्छ। तर, सबैले त्यति नै अण्डा खान्छन् भन्ने छैन।

यहाँ ४४ प्रतिशतलाई आफ्नो उत्पादनले ६ महिना पनि खान पुग्दैन भने उच्च खाद्य असुरक्षा भएका परिवारको संख्या ६ प्रतिशत रहेको छ।

हो, यिनै तथ्यहरुमा टेकेर गण्डकी प्रदेशको नीति तथा योजना आयोगले भन्यो, ‘प्रदेशमा पाँचवर्ष मुनिका बालबालिकामा कुपोषण दर उच्च रहेकोले दुग्ध तथा पशुजन्य उत्पादनको बृद्धि गर्न सके कुपोषणको समस्या समाधान गर्न सहयोगी हुने देखिन्छ।’

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०७३ का अनुसार यो प्रदेशमा कुपोषणको दर २९ प्रतिशत छ भने ५ वर्षमुनिका बालबालिकामा यो दर ५ दशमलव ८ र पुड्कोपन २८ दशमलव ९ प्रतिशत रहेको छ। पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पताको कमी पनि सर्वेक्षणले औंल्याएको छ।

बालबालिकाहरुको चौतर्फी विकासको लागि पोषणलाई महत्वपूर्ण मानिन्छ। पोषणको कमीले बालबालिकामा बिभिन्न रोगको संक्रमणको साथै मानसिक र शारीरिक विकासमा पनि असर पार्छ।

कूल उपभोगको दुई तिहाईभन्दा बढी खानामा खर्च गर्ने परिवारको संख्या ४४ दशमलब २१ प्रतिशत रहेको र खाद्यान्नमा आत्मनिर्भर देखिए पनि असमानताले गर्दा कुपोषणको दर यो प्रदेशमा उच्च देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार यहाँ पाँच वर्षमुनिका २९ प्रतिशत बालबालिकाहरूमा कुपोषण छ। पोषणकै अभावमा प्रजनन उमेरका (१५ देखि ४९ वर्ष) २८ प्रतिशत महिलामा र ४६ प्रतिशत पाँचवर्ष मुनिका बालबालिकामा रक्त अल्पता छ।

यी तथ्य हेरेपछि नीति तथा योजना आयोग भन्छ, ‘महिला र बालबालिकको पोषणको स्तरमा सुधार गर्नु प्रदेशको आवश्यकता भएको छ।’

पोषणसँगै नीति तथा योजना आयोगले यस प्रदेशमा रोगहरूको संरचना बदलिएको निको हुन गाह्रो हुने रोगहरू जस्तैः अर्बुदरोग, श्वासप्रश्वास सम्बन्धी रोग, मुटुरोग र मृगौला सम्बन्धी समस्याबाट मृत्यु हुनेको संख्या उल्लेख्इ रहेको जनाउँदै विशिष्टिकृत सेवाहरु बढाउन सुझाव पनि दिएको छ।

आयोगले जनतालाई खाद्य सुरक्षा प्रत्याभूति गर्न हालको उत्पादनलाई कसरी दोब्बर बनाउने, उत्पादित वस्तुको स्वामित्व हुनेखाने वर्गमा बढी र सीमान्तकृत वर्गमा ज्यादै न्यून रहेको स्थितिमा वितरण प्रणालीमा के कस्ता सुधार गर्ने र किसान र सीमान्तकृत वर्गको खाद्य सुरक्षा प्रत्याभूति कसरी गर्न सकिन्छ भन्नेबारे ब्यापक अध्ययन गर्न पनि सुझाव दिएको छ।

यसैगरी, आधारभूत खानेपानीबाट बञ्चित प्रदेशका करिब ९ प्रतिशत जनतालाई कसरी खानेपानीको पहुँच पु¥याउने? प्रदेशका सम्पूर्ण जनतालाई पाइपबाट वितरण गरेको स्वच्छ र सफा पिउने पानीको व्यवस्था कसरी गर्ने? जस्ता जवाफ खोज्न पनि प्रदेश सरकारसँग आग्रह गरेको छ।

मन्त्रीको सुझाव
गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन नेपालको सामाजिक संरचना र आर्थिक अवस्थाबारे बढी नै जानकार छिन्। प्रदेशको गरिबी, पोषिलो खानेकुरा उपभोगको अवस्थाबारे उनको भनाई छ, ‘हामीले स्थानीय तहमा उत्पादित खाद्यान्नहरुलाई मिलाएर खान जान्नुपर्छ, हामै्र खाद्यान्नबाट शरीरलाई चाहिने आइरन पुग्छ भने बाहिरबाट ल्याइएको आइरन चक्की खानु राम्रो होइन।’

उनले पोषणयुक्त खानेकुरा कसरी खाने भन्नेबारे जनचेतना जगाउनुपर्नेमा जोड दिइन्। ‘हाम्रो गहुँ घुन लागेर खेर गएर जान्छ, हामी मैदाको पिठो खान्छौँ, दूधको विभिन्न परिकार बनाउन सकिन्छ, म तालिम लिन आउनुहोस् भन्छु तर, कोही आएका छैनन्’, उनले टेलिफोनमा भनिन्, ‘उत्पादनमा बिबिधिकरण गर्नेतर्फ लाग्नुपर्छ, बहुउपयोग हुने खेती गर्नुपर्छ।’

नागरिकको आम्दानी बढे उपभोग क्षमतामा पनि बृद्धि हुने बताउँदै उनले मन्त्रालयले विभिन्न तालिमको लागि आह्वान गरे पनि तालिम लिन आउनेको संख्या न्यून भएको गुनासो गरिन्। तालिम चाहियो भनेर मन्त्रालय आउनेमध्ये धेरैले ब्युटिपार्लर र सिलाईको मात्रै माग गर्ने गरेको बताउँदै उनले भनिन्, ‘म धेरै साथीहरुलाई कुरिलो रोप्नुहोस् भन्छु, यसमा आम्दानी र पोषण दुबै राम्रो छ, उनीहरु बल्ल ‘ए, हो त भन्छन्।’

मन्त्री पुनले यो प्रदेशको आवश्यकताको पहिचान भइसकेको बताउँदै यहाँ कार्यरत गैरसकारी संस्थाहरुलाई पनि आवश्यकता हेरी सहयोग गर्न र त्यसे अनुरुपका योजना बनाउन आग्रह गरिएको सुनाइन्।

सामाजिक विकासको लागि आर्थिक मामिला तथा योजनामन्त्रीसँग बजेट माग गरेको र योजनासहित आउन आग्रह गरेको प्रसंग निकाल्दै उनले भनिन्, कार्यक्रम लिएर आउनुहोस् भन्नुभा’छ, म आशावादी छु।’

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 12:26:12
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

@mishrabashu


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...