देशैभरि मौसम सफा, साँझपख पानी पर्ने सम्भावना



माैसम सफा
माैसम सफा

आज (बुधबार) काठमाडौं उपत्यकासहित देशभर सामान्तया मौसम सफा रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद्का अनुसार पूर्व र पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली देखिए पनि अहिले कतै पानी परेको छैन।

साँझपख भने देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।

पानी नपरेका कारण तराई क्षेत्रमा तापक्रम केही बढेको भए पनि साँझतिर मौसम बदली हुने भएकाले गर्मी बढ्न नपाउने उनको अनुमान छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी र मध्य भूभागका थोरै स्थानमा र पश्चिम पहाडी भूभागका एक÷दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रि-मनसुन भएकाले वर्षासँगै चट्याङ र हुरीको सम्भावना स्वतः रहने वरिष्ठ मौसमविद् पौडेलको भनाइ छ। ‘तर त्यस्तो डराउनुपर्ने खालको भने होइन,’ उनले भने।

मौसम आजभन्दा भोलि, भोलिभन्दा पर्सि सुध्रँदै जाने अवस्थामा रहेको उनको अनुमान छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको मौसम अनुमानः
जारी मिति- जेठ १ गते बुधबार बिहान ६ बजे

जेठ १ गते बुधबार 
दिउँसो- देशको पूर्वी मध्य भूभाग तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी र मध्य भूभागका थोरै स्थानमा र पश्चिम पहाडी भूभागका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
राति- देशका पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी भूभागका १/२ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २ गते बिहिबार 
दिउँसो- देशको पूर्वी र मध्य भूभाग तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पूर्वी र मध्य भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
राति- देशको पुर्वि भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी भूभागका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

जेठ ३ गते  शुक्रबार 
दिउँसो- देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी र पश्चिमी पहाडी भूभागका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
राति- देशका पहाडका भूभागमा आंशिक बदलि रही बांकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भूभागका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना  छ।

 

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 09:42:46
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...