कटवाल ट्रष्टद्वारा ५३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान



रुकमांगत कटवाल ट्रष्टले प्राविधिक तथा व्यावसायिक विषयमा अध्ययन गरिरहेका ५३ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। गत वर्ष २५ जना र यसवर्ष २८ जना विद्यार्थीलाई ५१ लाख ६० हजार सात सय त्रिपन्न रुपैयाँ छात्रवृत्तिमा खर्च गरिएको ट्रष्टले जनाएको छ।

गत शनिबार ट्रष्टले आयोजना गरेको छात्रवृत्ति वितरण तथा आजीवन सदस्य प्रमाणपत्र वितरण कार्यक्रममा सो कुरा जनाइएको हो। गत वर्ष विभिन्न संकायमा अध्ययन गरिरहेका २५ जनाको दोस्रो किस्ताका लागि यस वर्ष ९ लाख चार हजार दुई सय बत्तिस र यस वर्ष छात्रवृत्ति पाउने २६ जनाको प्रथक किस्ताका लागि आठ लाख साठी हजार तीनसय त्रियानब्बे गरि १७ लाख ६४ हजार ६ सय पच्चिस यस पटक भुत्तानि गनुपर्ने जनाइएको छ।

ट्रष्टले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, माइती नेपाल काठमाडौं, ओखलढुंगाका रुम्जाटार उच्च मावि रुम्जाटार, प्रभुद्ध मावि च्यानम, हिमालय उमावि निशंखे, महेश्वर मावि भदौरे, जनचेतना मावि भोर्ले, बाबा बालवाटिका आवासिय मावि काठमाडौं, त्रिवेणी टेक्निकल एकेडेमि सुनसरी, नेशनल एकेडेमि अफ मेडिकल साइन्स काठमाडौं, रिपुमर्दन स्कूल काठमाडौं, रत्न राज्य लक्ष्मी देवी क्याम्पस काठमाडौं, इलाम टेक्निकल इन्स्टिच्युट, मानसरोबर इन्स्टीच्युट अफ साइन्स एण्ड टेक्नोलोजी झापा, मनमोहन मेमोरियल पोलिटेक्नीक इन्ष्टिच्युट मोरंग, लहान प्राविधीक शिक्षालय, नारायणी पोलिटेक्निक इन्स्टिच्युट भरतपुर, स्कूल अफ हेल्स साइन्स, चितवन, अमर मावि चितवन, सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युट, सुर्खेत एजुकेशन डेभलपमेन्ट एकेडेमी, नेपालगन्ज टेक्निकल कलेज, उमा कटवाल क्याम्पस ओखलढुंगा, विद्यामन्दिर मावि अछाम, पणिनी बहुप्राविधिक शिक्षालय अर्घाखाँची, वाल विद्या मावि प्युठान, दिपेन्द्र मावि र शीव मावि जाजरकोट, चुरे मावि र पन्चकन्या मावि बर्दिया लगायतका शैक्षिक संस्थामा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो।

नेपाली सेनाका पुर्व प्रधानसेनापति रकमांगत कटवालले जागीरको सिलसिलामा हङकङमा बस्दा प्राप्त रकमबाट भक्तपुरमा किनेको जग्गा २ करोड ६२ लाखमा बेचेर सो रकम अक्षय कोषमा राखेर ट्रष्ट स्थापना गरेको जनाएका छन्।

सो ट्रष्टमा ०७४ मा ५४ जना, ०७५ मा ३३ जना र ०७६ मा ३८ जना समाजमा प्रतिष्ठत व्यक्तिहरु आजिवन सदस्य बनेका छन्।

प्रकाशित ३१ बैशाख २०७६, मंगलबार | 2019-05-14 14:38:49
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...