राजपरिवारलाई ओपेरा सुनाएकी किम बालबालिका तस्करीमा पक्राउ



अध्यागमन विभागस्थित निर्देशक रामचन्द्र तिवारीको कार्य कक्ष बाहिर २०७६ वैशाख १० गते साढे ३ बजे एउटी विदेशी महिला काखमा नाबालक बालक बोकेर बसिरहेकी थिइन्।

निर्देशक तिवारी लोकसेवा आयोगमा मिटिङमा गएका थिए। ती महिला उनैलाई पर्खिरहेकी थिइन्।

उनको बच्चा बेलाबेला रुन्थ्यो। उनी पनि सुँक्क, सुँक्क गर्दै रोइरहेकी थिइन्। सुतीको कुर्ता र सलवार लगाएकी मंगोलियन अनुहारकी ती महिला हतास र त्रसित देखिन्थिन्। करिब सवा ४ बजे लोकसेवाको बैठक सकेर निर्देशक तिवारी कार्यालय फर्किए। उनी कार्यकक्षमा प्रवेश गर्नासाथै महिला भित्र प्रवेश गरिन्।

अंग्रेजीमा उनले अनुरोध गरिन्, ‘म र मेरो काखको बालकलाई कोरिया जान नरोक्नुहोस्।’

निर्देशक तिवारीले प्रश्न गरे, ‘तपाई बालक जन्मिएको एकमहिनामै विदेश जानु भएको रहेछ। नवजात शिशुलाई कसले स्याहार गर्यो?’

‘त्यतिबेला नेपालमा रहेका आफन्तले मेरो शिशु हेरचाह गरेका थिए। म गायिका हुँ त्यसैले विदश आउजाउ गरिरहनुपर्छ’, उनले रुँदै जवाफ दिइन्।

निर्देशक तिवारीले थप केही सोध्नुअघि उनको काखको बालक कोकोहोलो गर्दै रुन थाल्यो। बालकलाई फकाउन खोजेजस्तो गरिन्। बालक झन जोड जोडले रुन थाल्यो। त्यसपछि उनी आफैँ ठूलो श्वरले रुन थालिन्।

कोरियाको राहदानी बाहक किम नारा र १४ महिने बालक किम छानोराङसहित कोरिया जानेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले शंका लागेर फर्काइएकी थिइन्। त्यसपछि उनी निर्देशक तिवारी समक्ष पुगेकी थिइन्।

बालक छानोराङ दे र किमसँग कोरियाली राहदानी थियो। पोखरास्थित अस्पतालले दिएको जन्मको प्रमाणपत्र र स्थानीय तहले गरेको सिफारिश समेत थियो।

यी सबै कागजपत्रका आधारमा किम र उनले दाबी गरेका छोरा छानोराङलाई रोक्नुपर्ने कुनै कारण थिएन। अध्यागमन यी सबै कागजपत्रले मात्र विश्वस्त हुन सकेनँ।

‘बच्चा जन्मिएको एक महिनामै किम बाहिरिएको देखियो,’ निर्देशक तिवारीले नेपालखबरसँग भने, ‘शंका लागेपछि उनीमाथि अनुसन्धान सुरु गरेका थियौं। छोरा भनिएको बच्चा किमकै कोखबाट जन्मिएको स्थापित हुन सकेनँ।’

‘हामीले थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएका छौं,’ निर्देशक तिवारी भन्छन्, ‘बालक उनको सन्तान नभएको तथ्य खुलेको छ।’

ब्युरोको अनुसन्धानको डरलाग्दो खुलासा
अध्यागमनले बैशाख १८ मा किमलाई थप अनुसन्धानका लागि ब्युरोको जिम्मा लगाएको थियो। ब्युरोको प्रारम्भिक अनुसन्धानमा किमले प्रमाणका रुपमा पेश गरेका अधिकांश कागजपत्र नक्कली र मिलोमतोमा बनाएको खुलेको छ।

‘उनको साथमा रहेको बालक एक नेपाली दम्पत्तीको रहेछ,’ ब्युरोका एसपी सुदिप गिरीले नेपालखबरसँग भने ‘हामीले बालक वास्तविक मातापिताको जिम्मा लगाएका छौं।’

बालबालिका तस्करीको घटनामा ठूलो गिरोह संलग्न रहेको उनको भनाइ छ। ती मध्ये एक सदस्य किम हुन्।

‘अनुसन्धान भइरहेको छ,’ गिरीले भने ‘हामी यो गिरोहका अन्य सदस्यको खोजीमा छौं।’ किमले ब्युरोसँगको बयानमा बच्चा पाल्न लिएर जान लान लागेको बताएकी छिन्। 

उनी बारम्बार नेपाल आउजाउ गरिरहेको उनको राहदानीबाट खुलेको छ। यसअघि समेत उनले नेपाली नाबालक तस्करी गरेको ब्युरोको अनुमान छ। नेपाली बालबालिका तस्करी किन र कहाँ गरिरहेकी थिइन्? भन्ने विषयमा ब्युरोले अुनसन्धान गरिरहेको छ।

ओपेरा गायिका दरबारले निम्त्याएकी हुन्
किमको राहदानी कोरियाको भए पनि उनी बुल्गेरियाको राजधानी सोफियामा स्थायी बसोबास गर्छिन। पेशाले ओपेरा गायक उनले फ्रान्स, कोरिया, बुल्गेरिया, गी्रस, स्विेडन र टर्कीमा प्रस्तुति दिएकी छिन्।

सामाजिक सञ्जालहरुमा उनको परिचयमा उनले घर कोरिया र नेपाल उल्लेख गरेकी छन्। अन्तर्राष्ट्रिय संगीतकर्मीहरुको साझा सञ्जाल ट्रुलिंक र काउच सर्फिङमा उनले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा दिएका प्रस्तुति हेर्न सकिन्छ।

तत्कालीन राजदरबार सामु ओपेरा र शास्त्रीय संगीतको प्रस्तुति दिन नेपाल आएकी उनी गायन क्षेत्रमा पेमिना नामले प्रशिद्ध छिन्। उनका ओपेरा रेर्कडिङहरु यूट्युबमा समेत उपलब्ध छन्।

करिब पाँच वर्षयता अन्तराष्ट्रिय मञ्चमा नदेखिएकी उनी त्यसयता नेपाल आउजाउ गरिरहेकी थिइन्। नेपाली भाषा बोल्न सक्ने किमलाई नियन्त्रणमा लिएर ब्युरोले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित ३० बैशाख २०७६, सोमबार | 2019-05-13 18:25:19
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...