नातेदार उत्तीर्ण गराएको भन्दै त्रिवि सेवा आयोग तोडफोड



त्रिवि सेवा आयोग
त्रिवि सेवा आयोग

खुला प्रतिस्पर्धा परीक्षामा नातेदारलाई पास गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले त्रिुभवन विश्वविद्यालयको कीर्तिपुरस्थित सेवा आयोग कार्यालय तोडफोड गरेका छन्।

उनीहरूले आयोग अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएका छन्। घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरु नेविसंघ र नयाँ शक्ति आवद्ध विद्यार्थी रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ।

‘तोडफोडबाट त्रिवि सेवा आयोग कार्यालयका झ्यालका सिसा फुटेका छन्। प्रहरीले क्षतिको पूर्ण विवरण संकलन गरिरहेको छ’, घटनास्थलमै रहेका एक प्रहरी अधिकारीले नेपालखबरसँग भने।

सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा आयोग अध्यक्ष, त्रिविकै उच्च अधिकारी, विद्यार्थी संगठनका नेता र पार्टीका नेताका नातेदारहरुको नाम निस्किएपछि अन्यले बिरोध जनाएका हुन्। नतिजा वैशाख १३ मा सार्वजनिक भएको थियो।

अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखा प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदारहरूको नाम लिखित परीक्षामा निस्किएको छ।
 
लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा समेत यसबारे उजुरी परेको छ। त्रिविका कर्मचारी संघ-संगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कुलपति, उपकुलपति कार्यालयलगायतत्रिविकै विभिन्न निकायमा समेत उजुरी दिएका छन्।
प्रकाशित २९ बैशाख २०७६, आइतबार | 2019-05-12 15:52:25
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...