कोटेश्वर-कलंकी सडकमा बनेनन् आकासे पुल



जोखिमपूर्वक बाटो काट्दै पैदल यात्रु
जोखिमपूर्वक बाटो काट्दै पैदल यात्रु

कोटेश्वर–कलङ्की सडक खण्डमा आकाशे पुलःनिर्माणमा ढिलाइ भएको छ।

निर्माणाधीन आकाशे पुलको ठेक्का सम्झौताअनुसार गत पुसमा नै अवधि सकिए पनि अहिलेसम्म भौतिक प्रगति न्यून छ। ६ स्थानमा आकाशे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। ती मध्ये ३ स्थानमा काम अघि बढ्न सकेको छैन।

काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालका अनुसार तीन स्थानमा भने काम अघि बढेको छ। उनका अनुसार काम गर्ने स्थानमा अरु कुनै बाधा नभए पनि ठेकेदार आफैँले ढिलासुस्ती गरिरहेको हो।

'अवधि सकिएको पाँच-छ महीना हुनलाग्दासमेत जगको कामभन्दा अघि बढ्न सकेको छैन', उनले भने।

सडक निर्माणका क्रममा चीन सरकारले निर्माण गरेको तीन वटा आकाशे पुल अपर्याप्त भएपछि सरकारले थप पुल निर्माण शुरु गरेको थियो। चीन सरकारले गत माघमा नै नेपाल सरकारलाई आठ लेनको यो सडक हस्तान्तरण गरेको हो। त्यसभन्दा पहिले नै सरकारले थप छ स्थानमा आकाशे पुल निर्माण शुरु गरेको थियो। पुल निर्माण भएपछि झण्डै एकदेखि डेढकिलोमिटरको दूरीमा एउटा आकाशे पुल हुनेछ।

'नौ ठाउँमा आकाशे पुल भएपछि यात्रुलाई सडक काट्न सजिलो हुनेछ', उनले भने।

सडक सुरक्षाका लागि सरकारले विभिन्न स्थानमा सडक चिह्न निर्माण गरिरहेको छ। सरकारले आठ लेन सडकको दायाँबायाँ गरेर दुबैतर्फ ‘सर्भिस ट्र्याक’ निर्माण गरिरहेको छ।

प्रकाशित २९ बैशाख २०७६, आइतबार | 2019-05-12 15:24:17
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...